बारा
आफ्नै ११ बर्षिया नातीनी बलात्कार गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नातिनी बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका वडा नंं.१ का ४५ बर्षीया हजुरबुवा पक्राउ परेका हुन् ।
अभियुक्तले पटकपटक जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको बारा प्रहरीले जनाएको छ । पिडित बालिकाकी आमाको उजुरीमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले पिडकलाई बुधबार विहान उनकै घरबाट नियन्त्रणमा लिएको हो । भाग्ने तरखर गर्दे गर्दा पुगेर उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
पिडकले पिडित बालिकाकी आमा आफ्नै छोरीलाई समेत बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ । पिडित बालिकाकी अंदाजी २८ बर्षिय आमा विधुवा हुन् । उनका पतिको रोजगारीका क्रममा तीनबर्ष पहिले मृत्यु भएको थियो । पतिको निधनपछी छोरी सहित माईती घरमा बस्दै आएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले अंसारी विरुद्ध मुद्धा दर्ता भएको बताए । पिडित बालिकाको स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ । उनका अनुसार घटना आज भन्दा २१ दिन पहिला भएको भएपनि जाहेरी बुधबार मात्रै प्राप्त भएको हो ।
महिला तथा बालबालिकासँगको विषय भएकाले मौखिक जानकारीका आधारमै अभियुक्तलाई
सबेरै उनकै घरबाट पक्राउ गरिएको यादवले बताए ।