लहान । नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य ३५ वर्षिय कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार बिहान निधन भएको छ ।
सिराहाको सुखीपुर नगरपालिका– ८ स्थायी घर भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव रोयान्टर मण्डलले बताए ।
घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर.के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि थप उपचारको लागि चौधरीलाई ७ कात्तिकमा धरान लगिएको मण्डलले बताए ।
धरान पुरÞ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा निधन भएको हो ।
चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चौधरीका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy