Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ग्रामिण अर्थतन्त्रमा लघुवित्तको भूमिका

न्युजडेस्क न्युजडेस्क
१० कार्तिक २०७७, सोमबार
ग्रामिण अर्थतन्त्रमा लघुवित्तको भूमिका
55
SHARES
172
VIEWS
Share on FacebookShare on Twitter

रामबहादुर यादव

अहिले लघुवित्त वित्तीयसंस्थाको स्तरउन्नतीको चर्चा चलिरहेको छ । सेवा मुलक संस्थाको रुपमा विकास हुनुपर्ने लघुवित्त क्षेत्र नाफामुलक क्षेत्रको रुपमा विकास भइराखेको टिप्पणि पनि हुने गरेको छ । नेपालमा लघुवित्तले खेलेको भूमिका विशेषगरी ग्रामिण अर्थतन्त्र र यसको विवकास नै हो । नेपालमा लघुवित्तहरुको विकास हुने क्रम जारी नै छ । देशका ७७ वटै जिल्लामा करिव ४३ लाख बढी बिपन्न घरपरिवारलाई यसले सेवा पुर्याईरहेको अवस्था छ । जसले दुरदराज र ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका खेलेको छ । लघुवित्त क्षेत्रले देशमा रोजगारी सिर्जना गर्नुको साथै ग्रामिण क्षेत्रमा रहेका बिपन्न परिवारको आर्थिक र सामाजिक विकासको साथै बिशेषतः महिलाहरुको शसक्तिकरण र नेतृत्व क्षमता बृद्धिमा अहम भूमिका निर्वाह गरिरहेको छ । समग्रमा वित्तीय अवस्था सन्तोषजनक रहेपनि संख्यात्मक रुपमा लघुवित्तको व्यापक बिस्तार भइरहेको छ । यसले दिर्घकालिन रुपमा नकारात्मक असर गर्न सक्ने पक्ष हरुः कर्जाको दोहारोपना, अस्वस्थ प्रतिष्पर्धा, दक्ष कर्मचारीको अभाव, ग्राहकहरुको कर्जा अनुशासनमा कमी, लघुवितको आधारभुत मूल्य, मान्यता र सिद्धान्तमा सम्झौता र बिश्लेषण बिनाको अनियन्त्रित कर्जा लगानी तर्फ होडबाजी जस्ता कृयाकलापले दिन प्रति दिन लघुवित्त संस्थाहरुको कर्जाको गुणस्तर खस्किदै जानु र त्यसवाट समाजमा नकारात्मक असर पार्ने तर्फ हामी चतेत हुनुपर्छ । तथापी हरेक लघुवित्तले दुर्गम ग्रामिण क्षेत्रमा रहेका आम जनताको जीवनस्तर उकास्न र आर्थिक र सामाजिक विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । गरीबी निवारणमा समेत यसले निकै ठूलो भूमिका खेलेको छ ।

लघुवित्तका चुनौतीहरु  
लघुवित्त संस्थाहरुले समूहको दायित्व, बिश्वास र इमान्दारिताको आधारमा बिनाधितो कर्जा प्रवाह गर्दछन् । समाजमा सामूहिक भावना, जिम्मेवारीमा कमि, एक अर्का प्रतिको बिश्वास र सहयोगको भावनामा देखिएको कमिका कारण पछिल्लो समय कर्जाको गुणस्तर कायम गर्न चुनौति बढ्दै गएको छ । अर्कोतर्फ बैंकहरुमा तरलताको उतार चढावको अवस्थाले गर्दा बिपन्न वर्ग कर्जा सिमा भन्दा पनि बढी लगानी भई सकेकोले गर्दा लघुवित्तहरुमा कर्जा कोषको अभाव बढदै गएको छ । त्यस्तै, कर्जाको दोहोरोपना, कर्मचारीहरुको उच्च टर्नओभर, ग्राहकहरु पूणरुपमा ठुलो व्यवसायिक तर्फ तर्फ उन्मुख हुँदा लघुवित्तका सेवाहरु प्रभावित हुँदै गएको छ । यस्ता चुनौतीहरु बढ्दै गएकाले नियामक निकायले लघुवित्तहरुलाई केही मापदण्ड तोकेर सर्वसाधारणवाट निक्षेप लिन सक्ने व्यवस्था, कर्जा सूचना केन्द्रको प्रभावकारी कार्यान्वयन, लघुवित्त संस्थाको संख्यात्मक बृद्धिलाई नियन्त्रण र ग्राहकको पूर्ण ब्यवसायिकरणको लागी लघुवित्त संस्था, नेपाल सरकारको सम्वन्धित निकाय, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको समन्वयात्मक भूमिका आवश्यक छ । अहिले सरकारले पनि एक स्थानीय तहमा वाणिज्य बैंक पुग्नै पर्ने व्यवस्था गरेको छ । लघुवित्तले संकलन गरेको रकमको सुरक्षाका लागि वाणिज्य बैंकको आवश्यक्ता पर्छ । त्यसैले वाणिज्य बैंकहरु गाउँगाउँमा पुग्ने विषयलाई लघुवित्तहरुले अवसरको रुपमा लिएका छन् । यसले लघुवित्तहरुलाई विकास र विस्तार गर्ने बलियो आधार थपेको जस्तो मलाई लागेको छ । अर्को कुरा हाम्रो उद्देश्य भनेको लघुवित्तको सेवाग्राही सधैभरी लघुवित्तबाट मात्रै सेवा लिइरहनु पर्छ भन्ने पनि होईन । लघुवितले बैंकिङ्ग अभ्यास सिकाउने र ब्यबसायिकरण गरे पश्चात ठूलो परियोजना संचालन गर्न आज लघुवित्तमा कारोवार गरिरहेको शेवाग्राही भोलि वाणिज्य बैंकमा गएर ठुलो कारोवार गर्न सकोस भने लघुबितको चाहना र उदेश्य हो । हिजो लघुवित्तमा कारोवार गरिरहेको सेवाग्राही भोलि वाणिज्य बैंकमा गएर कारोवार गर्दछ भने यसलाई लघुवित्तले गरेको प्रगतिको रुपमा लिनुपर्छ । यसले त लघुवित्तका कारण वित्तीय चेतना बढेको र आर्थिक कारोबार बढाएको प्रमाणित गरिदिन्छ ।

संघीयतामा लघुवित्त
अहिले संघियता कार्यान्वयनमा आइसकेको छ । सोही अनुसार प्रादेशिक र राष्ट्रिय स्तरको मान्यता पाउँने गरी सरकारले ल्याएको नीति राम्रो छ । हाल यसले गर्दा कतिपय पुरानो संस्थाहरुले राष्ट्रिय स्तरको बन्न सक्ने अवस्था नरहेको तर शाखा कार्यालयहरु अन्य प्रदेशमा पनि सञ्चालनमा रहेको अवस्थामा केही जटिलता देखिएको छ । प्रादेशिक स्तरमै बसेर काम गर्दा अन्य प्रदेशका शाखाहरु बिक्री गर्नुपर्ने अवस्था छ । शाखा खरिद बिक्रीमा संस्थाहरुमा झन्झटीलो र अन्यौलता भएकोे देखिन्छ । यसमा सहजता प्रदान गर्नुपर्ने अवस्था छ । विक्री हुन नसक्ने अवस्था भएमा बिकल्पको रुपमा दुई तहको बर्गीकरणको सट्टामा तीन तहको बर्गीकरणमा एउटा बहुप्रादेशिक थपेर पनि समाधानको उपाय निकाल्न सकिन्छ की जस्तो लाग्छ । लघुवित्तको संख्यात्मक बृद्धिले अस्वस्थ प्रतिष्पर्धा र कर्जाको दोहोरोपनालाई बढावा दिएकोे छ । यसले भबिष्यमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गरेर लघुवित्तहरुलाई मर्जरमा जानको लागी गत बर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरिसकेको अवस्था छ ।

वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी भन्दा माईक्रोफाईनान्स कम्पनीको कामको प्रकृति फरक भएकाले पनि यसको महत्व र आबश्यकता बढीरहेको छ । लघुवित्त सेवाको माग दिनदिनै बढदै गएको छ । जसलाई माईक्रोफाईनान्सको आवश्यक्ता खड्किएको हो उसको व्यबसाय विस्तार गर्नेक्रममा कारोबार बढ्दै गएर उसलाई बैंकसम्म पुग्नुपर्ने वा धेरै कर्जा आबश्यक पर्ने भएको छ, त्यो विकास त लघुवित्तबाटै भएको हो । यसकारण लघुवित्तको महत्व र यसको आबश्यकता दिनप्रतिदिन बढ्दो छ । अब अहिले विदेशबाट फर्कनेहरुका लागि पनि उद्यमशी बनाउनु छ । उनीहरुको आगमनले थप लघुवित्तको आबश्यकता हुने छ । किन कि अब ग्रामिण अर्थतन्त्र झन् फस्टाउने छ । अन्तत नेपालको विकास नै ग्रामिण अर्थतन्त्रको विकास हो । यसले पनि ग्रामिण क्षेत्रको अर्थतन्त्र लघुवित्तको काँधमा छ । अब गाउँगाउँमा के गर्ने, कसरी गर्ने भन्नेबारेमा लघुवित्तले योजना बनाएर विकासको मुल फुटाउने समय आएको छ ।

कोरोना असर
कोरोना र लकडाउनले लघुवित संस्थाहरुको कारोवार पूर्ण रुपमै ठप्प छ । किनभने लघुवित्त संस्थाको कार्य गाउँमा गएर समुह मार्फत गर्नुपर्ने भएको संदर्भमा हालको अवस्थामा कार्य सुचारु गर्न सकेको अबस्था छैन । ग्राहकहरुको अवस्था के कस्तो छ भनेर हामी विभिन्न माध्यमवाट सम्पर्कमै छौं । ग्राहकहरुलाई हालको अवस्थामा सुरक्षीत रहन आआफनो ठांउवाट चेतना अभिवृद्धीको कार्य गरिरहेका छौ । संभवभ एसम्म स्थानीय नीकायहरुसंग सहकार्य गरेर हाम्रा सदस्यहरुलाई परेको असहजता, आबश्यकताका कुराहरुमा राहत वितरण जस्ता काममा लघुवित्तहरु लागीरहेका छन् । दुई छाक हात मुख जोर्न गाह्रो परेको सदस्यहरुलाई खाधान्नको व्यवस्था लगायत स्थानीय तहको कोरोना नियन्त्रणको प्रयासमा पनि लघुवित्तले सहयोग गरिरहेको अवस्था छ ।
हालको कोरोना कहरले लघुवित्त मात्र होइन सम्पूर्ण क्षेत्रलाई नै असर गरेको अवस्था छ । त्यसमा पनि लघुवित्त अझ विपन्न वर्गहरुसँग काम गर्ने भएकाले त्यहाँ असर नहुने कुरै हुँदैन । मेरो विचारमा कोरोनाको कारणले सबैभन्दा बढी असर परेको विपन्न वर्गमा नै हो । बिपन्न बर्ग जोसंग सिमित श्रोत साधन हुन्छ र अरु बिकल्प हुदैन, सबैभन्दा बढी मारमा परेको त्यही बर्ग हो। जोसँग काम गर्ने संस्था भनेको लघुवित संस्थानै हो । उनीहरुको व्यवसाय बन्द भएको छ, परिवारवाट बिदेशमा गएकाको हालत गंभिर छ, दैनीक रोजगारी गरेर दैनिक गुजारा गर्नेको हालत गंभिर छ र उनीहरुसँग धेरै विकल्प पनि छैन । यसकारण सबैभन्दा बढी उनीहरु मारमा परेका छन् । यस्तो अवस्थामा अब लकडाउन खुलेपनि तत्कालै कर्जा असुली हुने सम्भावना रहअँदैन । त्यसबखत हामीले उनीहरुलाई केही समय दिनुपर्ने हुन सक्छ । अर्को कुरा कतिपय एउटै व्यक्तीले एक भन्दा बढी लघुवित्तहरुबाट लोन लिएको अवस्था पनि छ । यस्तो बेला सबै लघुवित्तहरु एकै पटक कर्जा असुलीमा जाँदा उनीहरुमा तत्काल तिर्न सक्ने सामथ्र्र्य हुँदैन । उनीहरुको व्यापार, व्यवसायलाई फेरी पहिलेकै अवस्थामा ल्याएर मात्र कर्जा असुलीमा जानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा दुवैलाई सहज हुने वातावरण बनाई काम गर्नु अत्यावश्यक छ । लघुवित्त संस्थाहरु पनि संस्थागत ढंगले अघि बढ्नु पर्छ र सेवाग्राहीहरुले पनि आर्थिक आर्जन गरेर पैसा तिर्नुपर्छ भन्नेमा दायित्वबोध गर्नुपर्छ । जस्तो भुकम्पको बेलामा नेपाल राष्ट्र बैंकले कर्जा पुर्नतालिकिकरण पुर्नसंरचनाको सुविधा ल्याएको थियो त्यस विपतका बेला राष्ट्र बैंकको यस पोलीसीले धेरै राहत दिएको थियो । यसले संस्था र सेवाग्राहीलाई सहज बनाएको थियो । त्यस्तै अहिले पनि केही समय दिनैपर्छ समय दिएर कर्जा पुर्नतालिकिकरण पुर्नसंरचना कम्तिमा पनि १ वर्षका लागि गर्न सकियो भने उनीहरुमा बाँकी भएको कर्जाको किस्ता रकम कम हुन्छ ।
जस्तै, कुनै सेवाग्राहीले एक लाख कर्जा लिएको छ भने कर्जा लिँदाको किस्ता मानौ १० हजारका दरले लघुवित्तमा तिरीरहेको छ । हाल उसको पैसा तिरेर ५० हजारमा पुगेको छ । अब ५० हजारको उसको किस्ता कम भएर ५ हजारमा आयो । अर्को कुरा समय थपीएपछि ५ हजार पनि तिर्न पर्दैन । अब ५ हजारको ठाउँमा २ हजार तिर्दा पनि हुन्छ । यसरी उनीहरुको रकमलाई कम गरेर भार कम पार्न सकिन्छ । र उनीहरुलाई विस्तारै रकम तिर्नलाई पनि सहज हुन्छ ।

आगामी चुनौती
नेपाल राष्ट्र बैंकबाट कर्जा पुर्नतालिकिकरण र पुर्नसंरचना कम्तीमा एक वर्षका लागि ल्याउदा उपयुक्त हुन्छ जस्तो लाग्छ । त्यस्तै, हालको अवस्थामा सदस्यहरुलाई जिबिकोपार्जन र व्यवसायी संचालकोलागी दुबै दृष्टिकोणवाट हेर्नु पर्ने अवस्था छ । त्यसकोलागी नेरा बैंकको नीति एउटा व्यक्तिले बिनाधितो वा धितो लघुउधम कर्जा मध्ये एउटै कर्जा पाउनुपर्ने अवस्थालाई परिमार्जन गर्दा उपयुक्त हुन्छ होला । हामिले वाणिज्य बैंकहरुबाट कर्जा लिन्छौ समग्रमा माइक्रोफाइनान्सले १८ प्रतिशत सम्ममा कर्जा लगानी गरेको अवस्था छ । १० प्रतिशत छुट गर्नुभन्दा पनि व्याजमै कम गर्न सकियो भने ग्राहकहरुका लागि यो ठुलो राहत हुन सक्छ । तर हामि आफैले यो ब्याज कम गर्न सक्ने अवस्था भने छैन । हामि पनि बैंक बित्तीय संस्थाहरुसंग कर्जा लिएर प्रदान गर्ने हो, अरु संस्थामै निर्भर छौं । लघुवित्त संस्थाहरु क, ख र ग को डिपेन्डेन्सीमा बाँच्नु परेको अवस्था छ । मुख्यतः कर्जाको श्रोत र सोको मूल्यले कर्जाको प्रबाह र कर्जाको ब्याजदरको तयमा ठुलो भुमिका निर्वाह गर्छ । कर्जा हामिले नै बढीमा ल्याएपछि ग्राहकहरु पनि बढीमा पर्ने नै भए । यसकारण वाणिज्य बैंकहरुवाट होस, सर्वसाधारणवाट बचत संकलन गर्न दिने प्रावधान होस वा अन्य कुनै उपायवाट कसरी लघुवित्तले सहज र सस्तो कर्जा कोषको व्यवस्थापन गरेर ग्राहकहरुलाई आवश्यक्ता अनुसारको कर्जा सस्तो ब्याजदरमा दिन सकिन्छ भन्नेमा विशेष ध्यान जानु आवश्यक छ । लघुवित संस्थाहरुले ने.रा.बैंकले तोकेको स्प्रेडरेटको अधिकतम सिमा भन्दा पनि संस्थाको क्षमताले भ्याएसम्म कम ब्याजदर तोकि सेवाग्राहीहरुलाई कर्जा प्रवाह गर्ने हो ।

मौद्रिक नीतिको आशा

नेपाल सरकारले हालै प्रस्तुत गरेको बजेटले माइक्रोफाइनान्सलाई खासै सम्बोधन गरेको अवस्था छैन । लघुवित्तकर्मीहरुलाई उत्प्रेरीत गर्ने, ग्राहकहरुलाई राहत अथवा अन्य केही विकल्प दिन सक्ने कुराहरु बजेटले समेट्न सकेन । हामीले बजेटबाट हाम्रो लागि पनि केही कुराहरु आउलान् भनेर अपेक्षा गरेका थियौं । र त्यसका लागि केही सुझावहरु प्नि पठाएका थियौ । त्यसको संबोधन भएको छैन । बजेटले रोजगारी सिर्जना गर्ने भन्ने कुरा उठाएको छ । यसमा पनि रोजगारी माइक्रो फाइनान्सबाट सिर्जना हुन सक्ने आधारहरु थिए, उद्यमी बनाउन सक्ने धेरै आधारहरु थिउ । तर ती कुरा समेटीएको छैन । त्यस्तै रोजगारी दिने कुरा साना किसान लघुवित्तबाट गर्ने भन्ने कुरा आएको छ, एउटा लघुवित्तबाट मात्रै कति सम्भव हुन सक्ला भन्ने पनि छ, त्यो पछि कार्यान्वयनमा हेर्ने विषय हो । मुलत मौद्रिक नीति मार्फत अब नेपाल राष्ट्र बैंकबाट हामीलाई केही संबोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । भर्खरै मात्र पनि केन्द्रीय बैंकले माइक्रोफाइनान्समा पुनरकर्जाको व्यवस्था समेत गरीसकेको छ । यसले गर्दा बजेटबाट सम्बोधन हुन बाँकी रहेका कुरा मौद्रिक नीतिबाट सम्बोधन हुनेछन् भन्ने अपेक्षा लिएकाच छौं । राष्ट्र बैंकले सरोकारवालाहरुसंगको सहकार्यमा ठोस नीति बनाएर मैद्रिक नीति मार्फत हरेक वित्तीय समस्याहरु समाधान गर्ने तथा लघुवित्त संस्थाहरुलाई थप बलियो, सक्षम र गुणस्तर रुपमा बिकास गर्नेतर्फ पहल गर्ने छ भन्ने आशा र अपेक्षा लिएका छौं ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१० कार्तिक २०७७, सोमबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१० कार्तिक २०७७, सोमबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१० कार्तिक २०७७, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१० कार्तिक २०७७, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१० कार्तिक २०७७, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१० कार्तिक २०७७, सोमबार
Next Post
देशभर कुन जिल्लामा कति, संक्रमित थपिए ? (विवरणसहित)

विश्वभर तीन कारोड २१ लाख कोरोनामुक्त, ११ लाख ६४ हजारको मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी