
कार्तिक ८ रामएकवाल राम दोहा (कतार) रविदास समाज सेवा नेपाल – प्रवास कमिटी कतार शाखाले शुक्रबार भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।दोहाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा शुभकामना अदान प्रदान गरिएको हो। हामी प्रवासमा भए पनि आफ्नो धर्म र संस्कृतिलाई जोगाउनु पर्छ भन्दै समाजका सदस्य दिपेन्द्र राम भन्नुभयो।समाजका अध्यक्ष पाडव महराले हिन्दु धर्मावलम्बीले मनाउने महत्त्वपुर्ण चाड बडा दशै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नु भएको छ।सचिब श्रीनारायण रामले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ। समाजका सल्लाहकार किर्ते महराले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को मध्य नजर गर्दै सुरक्षित रहि भिड्भाड नगरी समाजिक दुरि कायम गरि एवम सरकारको निर्देशन पालना गरि बडा दशै तथा छठ मनाउन प्रवासबाट सम्पूर्णमा शुभकामना सहित अनुरोध समेत गरेका छन।