वीरगन्ज ,८ कातिक /
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववीयु पर्साले गाँउपालिका सचिव चौरसीयाको घटनामा संलग्न दोषि उम्कनु नदिने जनाएको छ । अनेरास्ववीयु पर्साका सहसंयोजक मित्रदेव यादवले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै झडपलाई रोक्न पुगेका चौरसीया माथी निर्मम तरीकाको कुटपिटले मृत्यु भएको भन्दै छानबिन गरी दोषिलाई कारवाही माग गरेका छन । उनले मृतक चौरसीयाको चिरशान्तिको कामना गर्दै झडपमा परि घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
चौरसीयाको घटनामा सलंग्न दोषि भएकालाई तत्काल सत्यतथ्य बुझि कडा भन्दा कडा कारवाही माग गरेको बताए । उनले चौरसीया घटनामा संलग्न जो सुकै भएपनि कुनैपनि बहानामा उम्कन नपाईने चेतावनी दिएका छन । बिहीवार पर्साको विन्दावासनी गाँउपालिका ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
बिहीवार दिउँसो १२ बजे विन्दावासनी गाँउपालिका शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ ८ जना घाइते भएको थिए । जसमा ४ जना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसीयाको वीरगन्जको एल.एस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।