वीरगन्ज,८ कातिक/
गत बिहिबार पार्टीगत झडपमा परि घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसिया प्रति राष्ट्रिय युवा संघ नेपाल पर्सा स्तब्ध भएको जनाएको छ ।
शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै मृतक चौरसीयाको चिरशान्तिको कामना गर्दै झडपमा परि घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
साथै झडपमा परि घाईते र मृतकको छानबिनका लागी उच्च स्तरीय छानबिन गर्ने समेत माग गरेको छ । पार्टीको सपथ ग्रहणमा भएको विवादले कसैलाई राजनिति प्रतिशोध नराखि फसाउनको लागी नभई निष्पक्ष छानबिनको माग गरीएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्द निजामुदिन हवारी ,सहसंयोजक ओमप्रकाश गुप्ता ,केन्द्रिय सदस्य एवं पर्साका ईन्चार्ज विमल पौडेल,केन्द्रिय सदस्य एवं पर्साका सहईन्चार्ज बिकाश रौनीयार हस्ताक्षर गरेका छन ।
गत बिहीबार दिउँसो नेकपाका कार्यकर्ताहरुको आपसी विवाद हुदा झडपमा परी गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको हो ।

सम्वन्धित समाचार :