Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सुरक्षा निकायको दसैँ : बिदामा कटौती, यसपालि धुमधामका ‘बडाभोज’ स्थगित

न्युजडेस्क न्युजडेस्क
८ कार्तिक २०७७, शनिबार
सुरक्षा निकायको दसैँ : बिदामा कटौती, यसपालि धुमधामका ‘बडाभोज’ स्थगित
63
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फौजी सङ्गठनमा दसैँको नवरात्रको बलि, मौलो र निसान पूजा महत्त्वपूर्ण र अनिवार्य हुन्छ । तर यसपालि कोरोना सङ्क्रमणको जोखिमले सो अनिवार्यतामा ब्रेक लगाइदिएको छ । 
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले यसपालि कोरोनाविरुद्ध लडाइँका कारण ‘परम्परा धान्ने’ मात्र दसैँ योजना बनाएका छन् । 

‘यसपालि दसैँका कार्यक्रमलाई संवेदनशील तरिकाले सानो स्केलमा मनाउन लागेका छौँ’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने– ‘फूलपाती बढाइँ कवाज लगायत दसैँमा हुने कार्यक्रममा सहभागीको सङ्ख्या घटाएका छौँ ।’ सोही दृश्य शुक्रबार टुँडिखेलमा गरिएको फूलपाती बढाइँमा पनि देखियो । 

सशस्त्र प्रहरी बलको यसपालिको स्लोगान छ–‘कोरोनासँग लडौँ, यसपालि बाँचौँ अर्को साल दसैँ मनाऔँ ।’ परम्परागत रूपमा नगरी नहुने पूजा मात्रै गर्ने र बलम्बु हेडक्वार्टरमा डीआईजी र सोभन्दा माथिका अधिकारीको सहभागितामा मौलो र निसान छाप पूजा गरिने सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) राजु अर्यालले रातोपाटीलाई बताए । उनले भने– ‘परम्परा धान्ने मात्रै कार्यक्रम तय गरेका छौँ, पहिलेजस्तो धुमधामको दसैँ यसपालि हुँदैन ।’ 

नक्सालस्थित नेपाल प्रहरीको हेडक्वार्टरमा अघिल्ला वर्षमा डीआईजी र एआईजीले मौलो पूजामा बोका चढाउने चलन थियो । अहिले सो परम्परा ब्रेक भएको बताउँछन्, नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) कुवेर कडायत । ‘यसपालि सामान्य तरिकाको पूजा हुन्छ,’ प्रहरी प्रवक्ता कडायत भन्छन्– ‘मौलोमा इन्सपेक्टर र सोभन्दा माथिका अधिकृत सबै आउनुपर्ने उर्दी हुन्थ्यो, अहिले त्यस्तो हुँदैन ।’ 

‘बडाभोज’ स्थगित
तीनवटै सुरक्षा सङ्गठनले हरेक दसैँमा ठूलो भोजको आयोजना गर्थे । फौजी भाषामा ‘बडाभोज’ भनिने सो भोज यसपालि स्थगित गरिएको छ । स्थानीय समाजसेवी, अन्य सुरक्षा निकाय र जिल्लास्थित सरकारी अधिकारीहरुलाई ब्यारेकमा बोलाएर गरिने भोज यस पटक स्थगित गरिएको बताउँछन्, सैन्य प्रवक्ता (सहायकरथी) पौडेल । उनले भने– ‘सम्बन्धित पल्टनले ब्यारेकमा सधैँ खाने सदस्यहरुका लागि दूरी कायम गरेर एकछाक सँगै खान्छन् तर पाहुना बोलाएर भोज गर्ने कार्यक्रम यस पटक छैन ।’ 

सेनाले युनिट तहमा न्यूनतम सहभागितामा मात्रै दसैँ मनाउन मातहतलाई सर्कुलर गरेको छ । 
सशस्त्र प्रहरीको युनिटमा पाहुना निम्ता गरेर ठूला भोज गरिन्थ्यो । अहिले युनिटभित्रै सामाजिक दूरी काय गरेर आफू–आफू बीचमा मीठो खान सर्कुलर गरिएको छ । ‘नौरथामा बडाभोज हुन्थ्यो, भोज हुने दिन तोकिन्थ्यो’ सशस्त्र प्रहरीका डीआईजी अर्याल भन्छन्–‘नाचगान र कल्चरल कार्यक्रम राखेको छैन, युनिटका सकलदर्जाको बीचमा दूरी कामय गरेर दसैँ मनाउन भनिएको छ ।’ 

सशस्त्रले अघिल्ला वर्षमा स्थानीय, सुरक्षाकर्मीलाई सहयोग गर्नेहरु र प्रमुख जिल्ला अधिकारी र परिवारलाई बोलाएर बडाभोज आयोजना गर्दै आएको थियो । तर अहिले सँगै ब्यारेकमा बस्ने सकलदर्जा मात्रै त्यस्तो भोजमा सहभागी हुन्छन्, त्यो पनि दूरी कायम गरेर । 

नेपाल प्रहरीले पनि यसपालि स्थानीय र प्रहरीका परिवारलाई बोलाएर खुवाइने ‘बडाभोज’ स्थगित गरेको छ । ‘अहिले बडाभोज हुँदैन’ प्रहरी वरिष्ठ उपरीक्षक कडायतले भने– ‘कोरोना सङ्क्रमणबाट जोगिनेगरी दसैँ मनाउँछौँ, सुरक्षा योजना पनि कोरोना लक्षित नै लागू गरिएको छ ।’ 

पशुबलि न्यून, कुभिण्डो र नरिवल 
तीनवटै सुरक्षा फौजले यसपालि पशुबली घटाएका छन् । नेपाली सेनामा नवमीका दिन मौलो पूजा र निसान पूजा गर्ने परम्परा छ । मौलोमा धेरै बलि हुन्थ्यो । यो वर्ष चाहिँ न्यूनतम मात्रै बलि गर्ने जङ्गी अड्डाको योजना छ । सेना शक्तिको पुजारी हो । बलि रोक्न नहुने सुझाव आएकाले न्यूनतम बलि गरेर बाँकी कुभिण्डो र नरिवलको बलि दिइने सैन्य प्रवक्ता पौडेलले रातोपाटीलाई बताए । 

नेपाली सेनाले विशेष महत्त्वका साथ टुँडिखेलमा गर्दै आएको फूलपातीको बढाइँ कवाज यसपाला सानो स्केलमा आयोजना गरियो । यसपाला राइफलको साथ गर्ने बढाइँमा २५–२५ जना सैनिक सहभागी भए । अघिल्ला दसैँमा ठूलो टोलीले ड्रिल खेल्ने र मार्च पास गर्ने गथ्र्यो । 

बढाइँ कवाजमा टुँडिखेलमा १ हजारलाई आमन्त्रण गर्ने नेपाली सेनाले यसपालि १ सय २० जनाको हाराहारीमा मात्र पाहुना बोलायो । 
निसान, ब्यानर लिने–दिने कार्यक्रम यस पटक छैन । गोरखाबाट ल्याएको फूलपातीलाई कर्णेलचोक भगवतीबाट हनुमानढोकासम्म लिड गर्ने गुर्जुको पल्टन र ब्यान्डको टिम घटाइयो । ‘फूलपाती भित्र्याउन ६० जनाको पल्टनले लिड गर्नुपर्ने परम्परा थियो’ सैन्य प्रवक्ता पौडेल भन्छन्– ‘सङ्ख्या घटाएर यस पटक २५ जना तथा ४ जनाको ड्रम र बिगुलर खटाइयो ।’  

सशस्त्रले मौलो पूजा र निशान पूजालाई परम्परा धान्नेगरी मात्रै गर्न लागेको छ । ‘बलि थोरै दिन्छौँ, मान्छे कम बोलाउँछौँ’ सशस्त्रका डीआईजी अर्याल भन्छन्– ‘परम्परा धान्नका लागि मात्रै बलि दिन्छौँ ।’
प्रहरीले पनि सामान्य रूपमा निशान र मौलो पूजा गर्दै छ । ‘यस पटक बलि पनि सामान्य हुन्छ’ प्रहरी प्रवक्ता कडायत भन्छन्– ‘धेरै भीड नगरेर सामान्य पूजा हुन्छ, थोरै बलि हुन्छ ।’ 

बिदा कटौती 
फौजी सङ्गठनले आफ्ना कर्मचारीको बिदा कटौती गरेका छन् । दसैँको बेला शान्ति सुरक्षाको थप ड्युटी गर्नुपर्ने भएकाले सामान्यतया अघिल्ला दसैँमा पनि प्रहरी कर्मचारीलाई बिदा नछाड्ने गरिएको बताउँछन् प्रहरी प्रवक्ता कुवेर कडायत । 
‘हामी कोरोनासँग लडिरहेका छौँ’ एसएसपी कडायतले भने– ‘दसैँमा शान्ति सुरक्षाको थप ड्युटी हुनाले बिदा दएका छैनौँ ।’ 

नेपाली सेनाले चाहिँ अति आवश्यक परेका सैनिकलाई बिदा दिएको छ । ‘गाह्रोसाह्रो पर्नेलाई मात्रै छुट्टी मिलाएका छौँ’ सैन्य प्रवक्ता पौडेलले भने– ‘छुट्टीमा जाने सैनिक कर्मचारीलाई सकेसम्म हामीले सङ्गठनकै साधनमार्फत लैजाने र ल्याउने व्यवस्था मिलाएका छौँ ।’

सशस्त्र प्रहरी बलले तल्लो तहसम्मका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई पनि पाहुना नलाग्न र आफ्नोमा पनि पाहुना नबोलाउन सर्कुलर गरेको छ । ब्यारेकमै दूरी कायम गरेर दसैँ मनाउन सर्कुलर गर्दै सशस्त्रले पनि बिदा कटौती गरेको छ । 
 



Source: रातोपाटीको

यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

८ कार्तिक २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

८ कार्तिक २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

८ कार्तिक २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

८ कार्तिक २०७७, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

८ कार्तिक २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

८ कार्तिक २०७७, शनिबार
Next Post
गाँउपालिका सचिव चौरसीया घटनामा राष्ट्रिय युवा संघ नेपाल पर्साको निष्पक्ष छानबिनको माग

गाँउपालिका सचिव चौरसीया घटनामा राष्ट्रिय युवा संघ नेपाल पर्साको निष्पक्ष छानबिनको माग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी