सिरहा । सिरहाको कल्याणपुर नगरपालिका ५ स्थित चिकनामा बैंकिङ सेवा शुरुवात भएपछि स्थानीय हर्षित भएका छन । सोमबार एक कार्यक्रमका बिच ग्लोबल आईएमई बैंकले शाखा रहितको सेवा बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।बैंकिङ सेवा उपलब्ध नभएको बेला चिकनावासीले असाध्यै सास्ती खेप्नु परेको स्थानीय रोहित साहले डिएम खबर संग कुराकानी गर्दै बताए । उनको अनुसार यस भन्दा अगाडि पैसा झिक्न र जम्मा गर्न मिर्चैया पुग्नुपर्ने बाध्यता थियो जुन सुरक्षाको हिसाबले ज्यादै जोखिमपुर्ण थियो । मिर्चैया सम्म १५ किलोमिटरको यात्राले अब भने विश्राम पायो । बैंकिङ्ग सेवा भव्य कार्यक्रमको साथ शुरूवात गरिएको छ भने उक्त कार्यक्रम प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलको हातबाट बिधिवत रूपमा उद्घाटन ब्जएको छ । कार्यक्रममा बोल्दै राज्य मन्त्री मण्डलले किसान, बिद्यार्थी का साथै विपन्नलाई लक्षित गरि कर्जा योजना ल्याउन समेत अपिल गरे । त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि नेपाल नेपाल पत्रकार महासंघका सिरहा सभापति दिनेश्वर प्रसाद गुप्ताले ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा शुरु हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । सभापति गुप्ताले बैंक किसान मैत्री सेवा दिनसके त्यो बैंकको र स्थानीयको समेत फाईदा हुने बताए । कार्यक्रममा तत्कालीन राजपाबाट मेयर पदका प्रत्यासी उम्मेदवार रामवावु यादव, तत्कालीन संघिय समाजवादी फोरमका मेयरका प्रत्यासी उम्मेदवार प्रदीप साह, फोरमबाट वडा ७ का प्रत्यासी वडाध्यक्षका उम्मेदवार दिपेन्द्र यादव, ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाका प्रवन्धक लोकनाथ पौडेल, गोलवजारका शाखा प्रवन्धक श्रवण कुमार महासेठ, बैंककै कर्मचारी मुरली प्रसाद साह, सरिता कुमारी साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
© 2024: Sima Post | All right reserved | Privacy Policy