कोरोना महामारीले किसानलाई ब्यपारी बन्न बाध्य बनायो

पुष्पराज खतिवडा
बारा
५ कार्तिक २०७७
कोरोना महामारीले ठुला ब्यापारि गाउँ आउन छाडेपछी किसानलाई आफैं ब्यपारी बन्न बाध्य बनाएको छ । जिल्लाको निजगढ नगरपालिका–१, सिंगौलका किसानहरुले उत्पादन गरेको केरा कोरोना महामारीका कारण वाहिय बजार सम्म जान पाएन । जस्का कारण किसानको खेतबारीमै केरा पाकेर कुहीन थाल्यो ।
जब उत्पादन माटोमा मिल्न थाल्यो । तव किसानले विकल्पको खोजी गर्न थाले । फलस्वरुप कतिले साना सवारी अटो सहयोगमा जिल्लाका अन्य गाउँघरमा पाकेका केरा विक्रि थाले । कतिपयले भने बारा र रौतहट जिल्लाको सिमानामा पर्ने धनसार पुललाई केरा विक्रि गर्ने उपयूक्त स्थान देखे । निकै ब्यस्त पूर्व पश्चिम राजमार्गको उक्त स्थानमा दर्जनौं किसान सबेरैबाट पाकेका केरा बिक्रि गर्न बस्दै आएका छन् ।
किसानहरुको सुविधालाई ध्यान दिँदै अधिकांस दैनिक सेवाका यात्रु बस,कार जिप, ट्रक आदिले केहीबेर सावरी रोक्दै आएका छन् । यहाँ करिब ६ महिनाबाट यात्रुलाई पाकेको केरा विक्रि गर्दै आएका सानु लामाले दैनिक पुल वारी पारी करिब १ लाखको कारोबार हुने गरेको बताए । सामान्यतया साईज अनुसार ४० देखी ६५ रुपैंया सम्म प्रति काँईयो केरा विक्रि हुँदै आएको उनले बताए ।
चौविसै घण्टा शसस्त्र प्रहरी वलको शुरक्षा टोली तैनाथ रहने यस स्थानमा शुरक्षीत कारोवार हुने र स्वादिलो मालभोग केरा पाईने भएकाले अनिवार्य यात्रुहरुले गाडी रोकिदनु भन्ने गरेका छन् । गरिब किसानहरुले उत्पादन गरेको केराको ब्यपारमा सहयोग गर्न पाउनु हाम्रोलागी गौरवको कुरा भएको जनकपुरबाट पोखरा बसमा यात्रु लिएर हिँडेका चालक रामचन्द्र थापाले बताए ।

पूर्वमा भण्टाबारी हरियो घिउ केराले, बाराको धन्सार पँहेलो मालभोग केराले चिनिएको उनले बताए ।जिल्लामा करिब १६ सय ५० हेक्टर बढी क्षेत्रफलमा केरा खेती हुने गरेको छ । निजगढ नगरपालिकामा भित्रमात्रै करिब ११ सय ५० हेक्टर क्षेत्रफल केराखेती केरा खेती हुँदै आएको जिल्ला फलफुल तथा केरा ब्यवसायी संघका सदस्य साधुराम खरेलले बताए ।
कोराना भाईरस नियन्त्रण गर्न भन्दै सरकारले जारी गरेको लकडाउन ,निषेधाज्ञा र यस विचमा आएको भिषण आँधीहुरीले किसानले करोडौं रुपैंया बराबारको केरा खेती नष्ट भयो । उनका अनुसार उत्पादन खेतबारीमै कुहिन थालेपछी किसानहरुले वाध्यताबस बैकल्पीक बाटो अपनाउनु परेको हो ।

यसले गर्दा स्थानिय उत्पादनको स्थानिय बजार विस्तार समेत भैरहेको छ । पाकेको केराको स्थानिय बजार विस्तारसँगै मजवुद बन्दै गरएको छ । स्थानिय बजारमा मात्रै दैनिक लाखौंको पाकेको कोरा विक्रि भैरहेको उनले बताए । यसबाट रोजगारी श्रृजना हुनुका साथै किसानहरुले उचित मुल्य समेत पाईरहेको संघका खरेलले बताए ।


उनका अनुसार यो तरिकाले केरा खेती गर्ने कही प्रतिशत किसानलाई राहत मिलेपनी समस्याको दिगो ब्यवस्थापन हुन नसक्ने उनको भनाई छ । बारा जिल्लालाई केरामा आत्मानिर्भर बनाएका निजगढका किसानका लागि सरकारी सहयोग प्रयाप्त नभएको उनको भनाई छ ।
यस्तै केरा खेतीको प्रवद्र्धन गर्ने उदेश्यले निजगढ नगरपालिकाले समेत विभिन्न सहयोग गर्दै आएको उपमेयर लिला देवी खनालले जानकारी दिईन् । केराका खेतीको विमा गर्दा लाग्ने शुल्कमा अनुदान, मलविउ तथा विषादीमा सहयोग गर्दै आएको उपमेयर खनालले बताईन् । उनका अनुसार कोरोना महामारी र आँधीहुरी कारण निजगढका केरा किसानहरुको ३ करोड नोक्सानी भयो ।

किसानको सहजताका लागि नगरपालिकाले गर्नु पर्ने आवश्यक वातावर निर्माण गरिरहेको उनको भनाई । यसका साथै केराका वैकल्पीक परिकार उत्पादन गरी बजार ब्यवस्थापनको उपयूक्त आधार देखिने प्रस्ताव आए विदेशबाट फर्केका यूवाहरुका लागि नगरले उपयूक्त सहयोग गर्ने उनको भनाई छ ।

धन्सारमा यात्रुलाई पाकेको मालभोग केरा विक्रि गर्दै किसान ।

सम्वन्धित समाचार :