जयनाथ यादव, लहान : प्रहरीकै सेटिङमा सिरहाको बरियारपट्टी र ठाडी नाकामा खुलेयाम तस्करी भइरहेको छ । कोरोना फैलिने जोखिम रहेकाले सरकार नाका बन्द गरेको छ । तर प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ ।

ठाडी र बरियापट्टी बाहेक मरिकटोल, आभेनगर, कुसन्डी तोरियाही, झाझपट्टी, बरहरी कचनारी नाकाबाट पनि तस्करी भइरहेको छ । विगतभन्दा अहिले बढी तस्करी भइरहेको स्थानीय बताउँछन् । सिमा नाकाबाट सर्वसधारणलाई रोक्ने प्रहरी तस्करलाई देखेर पनि नदेखेझै गर्छन् ।

नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, डिजल र पेट्रोल अत्यधिक तस्करी भइरहेको छ । भारतबाट नेपालतर्फ कपडा, चिनी, खैनी, प्याज, मरिच र रजनिगन्धा जस्ता समान तस्करी हुन्छ । चाडपर्वका बेला तस्करी मौलाएपछि एसपीदेखि डिआइजीको घुमुवा मोटाएका छन् ।

सर्वसधारणले ५ किलो चिनी र ५ लिटर तेल ल्याउन पाउदैनन् । तर तस्कर भने लाखौंको समान गाडीमै तस्करी गर्दा पनि प्रहरी मौन बस्छन् । अधिकांश तस्करले नजिकको प्रहरी इन्चार्जलाई मिलाएर तस्करी गर्छन् ।

सिमा नाका बन्द रहेका बेला तस्करी मौलाएपछि सरकारको राजश्व मात्र गुमिरहेका छैन, कोरोना फैलिने जोखिम पनि बढेको छ । तर सम्बन्धित निकाय मौन बसेका छन् । प्रहरीका उच्च अधिकारीसम्म घुमुवा मार्फत तस्करीबाट उठेको रकम पुग्ने गरेको स्रोतको दावी छ ।

रातिको समयमा बढी मात्रामा मदिरा तस्करी हुन्छ । भारतको विहारमा मदिरामा प्रतिबन्ध लागेका कारण नेपालबाट कम मुल्यको मदिरा बढी तस्करी हुने गरेको छ । मदिरा भारत तस्करी गर्दा तीन गुणा बढी फाइदा हुन्छ ।

सम्वन्धित समाचार :