बारा

बारा प्रहरीले १२ लाख ३५ हजार नगद सहित करिब १८ लाख बरामद गरेको छ । बारामद भएको नगद तथा मालसामान आवश्यक कार्वाहीका लागि सम्बन्धीत निकायमा पठाईएको प्रहरीले जनाएको छ ।

यसै क्रममा जिल्लाको सिम्रौनगढ नगरपालिका ९ कचोर्वा स्थित नेपाल भारत सिमामा पर्ने पिपराघाटबाट सोमवार प्रहरीले श्रोत नखुलेको १२ लाख ३४ हजार पाँचसय पन्चानब्बे नेपाली रुपैया बरामद गरेको हो ।

भने आईतबार र सोमबार गरी करिब ५ लाख मुल्य बराबरको मालसामान बरामाद भएको बारा प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कचोर्वाबाट खटिएको संयुक्त टोलीको नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आइरहेका व्यक्तिले प्रहरी टोलीलाई देखी फालेको झोला चेकजाँजका क्रममा उक्त रकम फेला परेको हो । आफनो हातमा बोकि राखेको फाइबरको झोला छाडी ती ब्यक्ति भागेपछि वेवारिसे झोला हेर्दा झोलाभित्र नेपाली १००० हजार दरको ८ सय ४२ थान, ५००सयदरको ७ सय २ थान, १ सय दरको ३ सय ५९ थान, रु ५० को दरको १ सय १२ थान, २० दरको ४ थान, १० दरको १ थान र ५ दर भएको १ थान गरी जम्मा १२ लाख ३४ हजार ५ सय ९५ रुपैया फेला परेको बारा प्रहरीले जनाएको छ।

फेला पारेको उक्त रकम आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

यस्तै प्रहरीले ४ लाख ६८ हजार मुल्य बराबरको छोकडा, प्याज तथा सुर्ती बरामद गरेको जनाएको छ ।आईतबार जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका १ स्थितबाट भारत तर्फ निकासीको लागि लुकाई छिपाई राखेको ५० हजार मुल्यको २०क्विन्टल छोकडा बरामद गर्याे ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिका २१ अम्लेखगंज सोही पालिकाको वडा नं.१ पथलैयामा भारतबाट भन्सार छली नेपाल भित्राएको २ लाख५० हजारको प्याज, १लाख ५०हजारको सुर्ती र १८हजारको स्वीटर बरामद गरेको जनाएको छ ।

छोकडा, प्याज, सुर्ती तथा स्वीटर गरी अन्दाजी जम्मा ४ लाख ६८हजार बराबरको मालसामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पर्सा तथा राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको डिएसपी मिश्रले जानकारी दिए ।

सम्वन्धित समाचार :