सिरहा, १ कार्तिक
सिरहाको बरियारपट्टी गाँउपालिकाका अध्यक्ष संतोष कुमार महतोले एकलौटी गाँउ परिषद गर्न लागेको आरोप लगाएको छ। ततकाल स्थगन गर्न भन्दै असन्तुष्ट पक्षले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । गाँउपालिकाका उपाध्यक्ष रेखा कुमारी यादवको अगुवाईमा वडा नं १ का वडा अध्यक्ष नेवालाल यादव, वार्ड नं ४ का वडा अध्यक्ष नवीन यादव सहितको असन्तुष्ट पक्षले कार्यालयका तालाबन्दी गरेको छ ।
योजना छनौट गर्दा एकलौटी र आफु खुशी योजना छनौट गरेको, आर्थिक पारदर्शीता नगरेको, छलफल गरी परिषदको मिति तय गर्नुपर्ने जस्ता कुरा राखी कार्यालयमा तालाबन्दी गरेको असन्तुष्ट पक्षका एक वडा अध्यक्षले बताए । यता गाँउपालिका अध्यक्ष महतोले परिषदको मिति पनि आईतबारको लागि तय भईसकेको अबस्थामा केही सिमित ब्यक्तिले बिना कारण असफल पार्ने उद्धेश्यले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष महतोले बताए ।
अध्यक्ष महतोले भने, ५ वटा वार्ड रहेको गाँउपालिकामा २ वटा वार्डका अध्यक्ष र गाँउपालिका उपाध्यक्षले केही जानकारी नैनगरिकन असन्तुष्ट जनाएको र आफुले छलफलको माध्यमबाट नै निकास निकाल्ने बताए । परिषद नभएकै कारण गाँउपालिका अन्र्तगतका कुनै पनि कर्मचारीले तलब खान नपाएको समेत अध्यक्ष महतोले बताए । तलब नपाएको कारण कर्मचारीहरु पनि आन्दोलनमा आउन सक्ने र यसको जिम्मेबारी उनीहरुले नै लिनुपर्ने बताए । अध्यक्ष महतोले थपे, सबै मिलि सौर्हाद्रपूर्ण बातावरणमा परिषद गराउन सहयोग गर्न पनि आहवान ग