Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेकपा पर्साको विवाद सार्वजनिक रुपमा छताछुल्ल , एउटै कमिटीलाई दुई पटक सपथ ग्रहण

न्युजडेस्क न्युजडेस्क
३० आश्विन २०७७, शुक्रबार
नेकपा पर्साको विवाद सार्वजनिक रुपमा छताछुल्ल , एउटै कमिटीलाई दुई पटक सपथ ग्रहण
140
SHARES
437
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,३० असोज /
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विवाद केहि दिनयता सार्वजनिक रुपमा छताछुल्ल भएको छ । जिल्लामा रहेको पालिका कमिटी सपथ ग्रहणको नाममा अलग अलग समुह बनाएर नेताहरु सक्रिय भएपछि सार्वजनिक रुपमा विवाद छताछुल्ल भएको हो । नेकपा पार्टीमा माथीदेखी नै तत्कालिन माओवादी केन्द्र र तत्कालिन एमाले पार्टीको दुई धार छ ।
जसमा तत्कालिन एमाले भित्र माधव नेपाल र केपी ओलीको अलग अलग गुट छ । भने तत्कालिन माओवादी केन्द्रमा प्रचण्डको गुट खुल्ला प्रष्ट छ । केन्द्रिय नेताहरु जस्तै पर्सामा पनि केपी ओली ,प्रचण्ड र माधव नेपालको गुट बनाएर नेताहरु स्पष्ट रुपमा विभाजित छन ।
जिल्लामा अहिले पालिका कमिटी सपथ ग्रहणको नाममा केपी ओली गुट अलग रुपमा पालिकाको सपथ ग्रहणमा सहभागी भईरहेको छ । भने प्रचण्ड र माधव नेपाल गुटले एउटा टोली बनाएको छ ।
गत असोज २६ मा केपी ओली गुटका नेताले अन्य गुटका केहि नेतालाई वेवास्ता गरेर संखुवा प्रसौनी गाँउपालिका कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गरेको सार्वजनिक भएपछि विवाद उत्कर्षमा आएको हो ।
सखुवाप्रसौनी गाउँपालिका कमिटिको सपथ ग्रहण सम्पन्न भएकै दिन प्रचण्ड र माधव नेपाल गुटका नेताहरुले नेकपा सखुवाप्रसौनी गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम अधिकारीक नरहेको बताए ।
नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज रामचन्द्र साह र जिल्ला सचिव विजय महतोले तत्कालिन एमालेको समुहका केहि नेताहरुले सखुवाप्रसौनी गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा गाउँपालिकाकै सचिव कन्हैया साह तेलीलाई जानकारी नगराएर एकपक्षीय कार्यक्रम गरेको आरोप लगाए ।
उनीहरुले पार्टीका केहि नेताहरुले एकलौटी ढंगबाट पार्टीको एकताको भावना विपरित अगाडी बढेको भन्दै सपथ ग्रहण अधिकारी नभएको भन्दै स्पष्ट पारे । कार्यक्रम अधिकारी नभने केन्द्रिय सदस्य साह माधव नेपाल र जिल्ला सचिव महतो प्रचण्ड गुटका हुन । अहिले लगातार प्रचण्ड र माधव नेपाल गुट विभिन्न पालिकामा अगाडी सपथ ग्रहण गराउँदै आएका छन । भने ओली गुट पनि अधिकारी सपथ ग्रहण गराउदै आएको दावि गर्दै आएको छ ।


एउटै कमिटि दुई पटक सपथ , अधिकारीक कुन ?


पर्साको जिराभवानी गाँउपालिका र ठोरी गाँउपालिका कमिटीमा दुई दिनमा दुई गुटको अलग अलग सपथ ग्रहण भएको छ । बिहिबार (२९ गते ) प्रचण्ड —माधव गुटको तर्फबाट नेकपाका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले जिराभवानीपुर गाउँपालिका र ठोरी गाँउपालिका कमिटीका पदाधिकारी एवम् सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।सपथ ग्रहण कार्यक्रममा प्रचण्ड र माधव गुटका नेकपाका केन्द्रिय सदस्य एवं वीरगंज महानगर कमिटीका इन्चार्ज दिनेश राई, जिल्ला सचिव विजय महतो ,प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालेश्वर थारु, बालगोपाल थापा, जिल्ला कमिटी सदस्यहरु उषमान अंसारी , अरुण यादव लगायतको उपस्थिति रह्योे ।
यस्तै शुक्रबार( ३० गते) ओली गुटको तर्फबाट नेकपा केन्द्रिय सदस्य निर्मला देवकोटाले जिराभवानीपुर गाउँपालिका र ठोरी गाँउपालिकाका पदधिकारीलाई शपथ ग्रहण गराईन । सपथ ग्रहण कार्यक्रममा ओलीगुुटका नेकपा पर्सा अध्यक्ष प्रभु हजरा,संबिधान सभा सदस्य राजकुमार गुप्ता, प्रधुम्न चौहान, जयप्रकाश थारु, जुनैद अंसारी,नेताहरु विश्मभर शर्मा, ठाकुर न्यौपाने,बाबुराम कौशिक, जालिम मियाँ, रामबाबु बैठा, रामप्रित महतो,लेखमान थापा, बालकृष्ण श्रेष्ठ,अमिताप बच्चन दास,उषा चौधरी, श्याम बन्जारा, प्रताप श्रेष्ठ,लालबहादुर श्रेष्ठ, अनुप तिवारी, केसी लामिछाने लगायतको सहभागी भए ।
यस्तै शुक्रबार( ३० गते वीरगन्ज रामगढवामा रहेको नेकपा पर्सा पार्टी कार्यालयमा प्रचण्ड र माधव गुटको छिपहरमाई गाँउपालिका कमिटिको सपथ ग्रहण सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रममा प्रचण्ड र माधव गुटका नेकपाका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले , केन्द्रिय सदस्य एवं वीरगंज महानगर कमिटीका इन्चार्ज दिनेश राई, जिल्ला सचिव विजय महतो ,प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालेश्वर थारु, बालगोपाल थापा, जिल्ला कमिटी सदस्यहरु विचारी यादव , राघव साह ,उषमान अंसारी लगायतको उपस्थिति थियो ।
जिराभवानी र ठोरी गाँउपालिकामा दुई दिनमा एउटै कमिटीलाई दुई गुटले अलग अलग अधिकारीक भनेर सपथ ग्रहण गराएपछि अधिकारी कुन हो कसलाई मान्ने भन्दै कार्यकर्ताहरुमा अन्यौलता बढेको छ ।
एक जिल्ला कमिटीका सदस्यका अनुसार पार्टीमा दलाल र व्यापारीहरुको बिगाबिगी बढेकाले पार्टीको विवाद सार्वजनिक रुपमा देखापरेको छ । उनका अनुसार दलाल र व्यपारीका कारण पर्सामा नेकपा पार्टी कहिले पनि नजित्ने र दलाल र व्यापारीको पार्टी भनेर चिनिने ठोकुवा गरे । यसले गर्दा सोझा साझा नेकपाका कार्यकर्ताहरुमा पार्टी प्रति वितृष्णा बढेको छ ।

कार्यकर्तामा निरासा
सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विवाद सार्वजनिक रुपमा छताछुल्ल भएपछि कार्यकर्ताहरुमा निरासा छाएको छ । नेकपा पर्साका केहि नेताहरुका कारण जिल्ला सक्रिय सदस्यता लिएका गाँउ गाँउका सोभाm साझा कार्यकर्ताहरुमा निरासा छाएको बताएका छन । जिल्लाका केहि नेताहरुले अहिले सार्वजनिक रुपमा गुट बनाएर गाँउ गाँउ पुगेर विवाद सिर्जना गरेपछि अगामी दिनको निर्वाचनमा ठुलो क्षति हुने उनीहरुको भनाई छ ।
पार्टीका सक्रिय कार्यकर्ताहरुका अनुसार नेकपा पर्सामा पनि ओली ,प्रचण्ड र माधव नेपाल गुट बनाएर एउटै कमिटिलाई दुई पटक सपथ ग्रहण गराउदाँ दुख व्यतm गरेका छन । पार्टीलाई आफ्नो पेवा बनाएर गुट चलाएका कारण (नेकपा) पार्टी प्रति नकरातमक सोच देखापरेको उनीहरुको भनाई छ । पर्सामा केहि स्वार्थि , दलाल र व्यापारी नेताहरुले केन्द्रिय नेताको चम्चागिरी गर्दै अगाडी बढी रहेको र पार्टीको एकतालाई भड्काउने काम भइरहेको कार्यकर्ताहरु बताउँछन ।



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

३० आश्विन २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

३० आश्विन २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

३० आश्विन २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

३० आश्विन २०७७, शुक्रबार
अन्य

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

३० आश्विन २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

३० आश्विन २०७७, शुक्रबार
Next Post
बरियारपट्टीमा गाँजा सहित तिन जना पक्रउ

बरियारपट्टीमा गाँजा सहित तिन जना पक्रउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी