गोईतसप्तरी । बलान बिहुल गाउँपालिका र बेल्ही युथ क्लबद्वारा संयुक्त रुपमा संचालित शैक्षिक अभियानले स्थानीय छात्र-छात्राको मनोबल बढाएको छ । केहि महिना अगाडि शुरु गरिएको अभियानले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याईरहेको बलान बिहुलका स्थानीय बताउछन् । यस अभियान अन्तर्गत बेल्ही युथ क्लबले गाउँपालिकाको सहयोगमा एसइइ दिएका छात्र छात्राहरुको लागि नि:शुल्क कोचिङ कक्षा संचालन गरेका थिए । २ महिना सम्म संचालित कोचिङ कक्षा २८ गते असोजमा आएर सम्पन्न गरिएको छ । उक्त कक्षामा जम्मा ५० जना विधार्थीहरु रहेको क्लबका संस्थापक शंकर यादवले जानकारी दिएका छन । शैक्षिक कार्यक्रम समापन संगै क्लबद्वारा प्रवेश परिक्षा लिईएको छ । परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल जम्मा ४ जना छात्राहरूलाई पुर्ण छात्रवृत्ति को ब्यवस्था गरिएको क्लबले जनाएको छ । जसमा २ जना छात्राले बिज्ञान संकाय र अर्को दुई जनाले म्यानेजमेन्ट पढ्न पाउनेछन । श्री जागेश्वर गरहाई जनता माध्यमिक विधालय सेहराको प्राङ्गणमा गरिएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले कक्षा लिएका शिक्षकहरूलाई खादा ओढाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गोईतले यस्ता शैक्षिक अभियान निरन्तर चल्ने बताएका छन । उनले शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई समेत आग्रह गरेका छन ।विद्यार्थीलाई प्रोत्साहित गर्दै अध्यक्ष गोईतले शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार लागिपरेको र यसमा अभिभावकले सहयोग गरे सम्भव पनि हुने बताए। कार्यक्रम बेल्ही युथ क्लबका संस्थापक शंकर यादवको अध्यक्षतामा भएको थियो जसमा गाउँपालिका अध्यक्ष दयानन्द गोईत प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यसैगरी अतिथिका रुपमा श्री विशेश्वर यादव प्रतिष्ठानका अध्यक्ष नागेश्वर यादव लगायत स्थानीय बुद्धिजीवी, अभिभावक, छात्र छात्राको उपस्तिथि रहेको थियो ।

सम्वन्धित समाचार :