काठमाडौं । प्रहरी हुँ भन्दै सर्व साधरणलाई ठगि गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका – ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भएका २८ वर्षीय गोबिन्द खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
खड्काले प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेट बोकेर बिगत दुई वर्षदेखी सर्वसाधारणलाई ठग्दै आएका थिए । ट्राफिक प्रहरीले प्रयोग गर्ने यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाएर रात्रीकालीन व्यवसाय गर्नेहरुलाई धम्क्याउदै आएका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका– ८ बाँनियाटारबाट पक्राउ गरेको हो । उनको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू बरामद गरेको छ । त्यस्तै २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।