बारा

जिल्ला प्रहरी कार्यालय बाराले कर्तब्य ज्यान मुद्दामा ३३ बर्ष देखी फरार प्रतिवादी पक्राउ गरेको छ । साविक अमृतगजं गाउँ विकास समिति ७ तथा हाल सिम्रौनगढ नगरपालिका ७ खजानी बस्ने रामअशिष प्रसाद कुशवाहाको छोरा श्यामकिशोर प्रसाद कुशवाहालाई प्रहरीले बुधबार प्रक्राउ गरि सार्वजनिक गरेको हो ।

कुस्वाह समेतका व्यक्तिहरूले कटुवा बन्दुक देखाएर २०४४ साल भदौ १२ गते दिउँसो ४ बजे साविक गोलागंज गाउँ पञ्चायत वडा नं. ४ बस्ने जयमंगल प्रसाद कोइरीको अपहरण गरि हत्या गरेका थिए । साइकलमा सिम्रौनगढ बजारबाट घरतर्फ फकँदै गरेका कोईरी साँझ साँढे ६ बजे सोही पंचायतको वडा नं.६स्थित बकुलहर पुलबाट अपहरणमा परेका थिए ।

अपहरण गरी त्यसको भोली पल्ट अर्थात २०४४ साल भदौ १३ गते अमृतगंज खजानी स्थित नेपाल भारतको सिमा नाकामा उनको विभत्स हत्या भएको थियो । नाइलनको डोरीले हात खुट्टा बाँधेर घाँटी रेटिए रेटी हत्या भएको अवस्थामा कोईरीको शव सोही दिन फेला परेको थियो ।

सोही कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराले २०४७ साल असोज २८ गते कुशवाहालाई दोषी ठहर गर्दै १० वर्ष कैद ठहर गरेको थियो । कोईरीको हत्यागरी फरार रहेका कुशवाहालाई हिजो २८ गते बुधबार ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो ।

घरगाउँमै लुकिछिपी बस्दै गरेको अवस्थामा फेला पारिपक्राउ गरी जिल्ला अदालतमा बुझाईएकोमा अदालतको आदेशमा नीज कुशवाहालाई कैद भुक्तानका लागि बिरगजं स्थति कारागार चलान गरिएको बारा प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

सम्वन्धित समाचार :