वीरगन्ज,२७ असोज
नेपाल कम्युनिष्ट पार्टीको सँखुवाप्रसौनी गाउँपालिकाको पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमवार एक कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन । सँखुवाप्रसौनी गाउँपालिकाको वडा नं १ सिद्धपुरमा आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटाले पदाधिकारी तथा सदस्यहरलाई शपथ ग्रहण गराउनु भएको हो ।
नेकपा एमाले र एनेकपा माओवादी वीच पार्टी एकता भएपछि तल्ला कमिटीहरुको एकता प्रक्रिया अझै बाँकी छ । पार्टीका तल्ला कमिटीहरुको एकता नसकिएकोले आधारभूत रुपमा पार्टीको काम हुन सकिरहेको थिएन । यस्तो बेलामा पालिका स्तरीय कमिटीले काम गर्न थालेपछि पार्टीको वडा स्तरका कमिटी र जनसंगठनहरु पनि एकिकृत हुने बाटो खुलेको छ ।
कार्यक्रममा सम्बिधान सभाका सदस्य राजकुमार गुप्ता ,जुनेद अन्सारी ,प्रदुम्न चौहान, पार्टीका पर्सा अध्यक्ष प्रभू हजरा ,नेकपाका प्रदेश सदस्य तेजप्रकाश निषाध , युवा नेता यशवन्त यादव लगायतका नेताहरुले पालिकाका पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए । गाउँपालिका अध्यक्ष बासुदेव महतोको अध्यक्षतामा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका कमिटीका ५१ जना सदस्यहरुलाई शपथ ग्रहण गराइएको थियो ।