वीरगन्ज,२७ असोज/
स्थानीयतह समन्वय अन्तरक्रिया गोष्ठी सोमबार सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्साको आयोजनामा चालु आर्थिक बर्ष २०७७ ÷०७८ का लागीे एकदिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवको अध्यक्षतामा भएको अन्तरक्रिया गोष्ठी कार्यक्रममा पर्साका १४ वटा स्थानीयतहका कृषि प्राविधिक,प्रमुख प्रशासकिय अधिकृत र स्थानीयतहका जनप्रतिनिधिहरुले आ—आफ्नो सुझाव राखेका थिए । उनीहरुले आफ्नो पालिकामा रहेको किसानको समस्या र समाधानका लागी उपाय बारेमा जानकारी समेत गराएका हुन ।
उनीहरुले कृषि ज्ञान केन्द्र पर्साले आयोजना गरेको गोष्ठीमा स्थानीयतहका सबै कृषि प्राविधिक ,प्रशासकिय अधिकृत र जनप्रतिनिधिहरुलाई भेला गरेर गोष्ठी गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । गोष्ठीमा सहभागी साल्ट ट्रेडिगंका प्रतिनिधि संजय गुप्ताले कोरोना महामारीमा आफ्नो कार्यालयले किसानका लागी गरेको कामको बारेमा जानकारी गराएका थिए ।
यस्तै कृषि समाग्री संस्थानका प्रमुख गोरखनाथ केसीले पनि किसानलाइ यसबर्ष समयमा मल नपाएकोमा दुख व्यतm गरे । उनले आउने दिनमा यस्तो मलको अभाव हुन नदिनका लागी विश्वास व्यतm गरे ।
अन्तरक्रिया गोष्ठी कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव ,वीरगन्ज महानगरपालिका कि कार्यपालिका सदस्य मनोजा चौधरी ,कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मुन्नीलाल राउत , तरकारी जोन पर्साका प्रमुख रोसन अधिकारी लगायतकाले आ—आफ्नो कुरा राखेका थिए ।
© 2024: Sima Post | All right reserved | Privacy Policy