बारा जितपुरसिमरा उपमहानगरपालिका १ सिमराका निराजन थापाले आफु ,बच्चा र श्रीमतीलाई एकसाथ कोरोना संक्रमण भएपछी आफ्ना अनुभव र कोरोनालाई जित्न सकिने केही महत्वपुर्ण सुझाव गर्नु भएको छ। थापासँगै वहाँकी पत्नी र बालक छोरालाई समेत कोरोना संक्रम देखिएको थियो । अहिले संक्रमण मूक्त छ वहाँको परिवार । कोरोना संक्रमण देखिपछि २५ दिन लामो होम आईसुलेनको अनुभव, अपनाएका सावधानी, खानपान र समाजको बुझाई अनि आफन्तको साथलाई समेटेर वहाँले सामाजिक संजान मार्फत केही कुरा सार्वजनिक गर्नु भएको छ । वहाँका भोगाई र सुझाव धेरै कोरोना संक्रमितका लागि सहयोग हुनेछ ।
अबको क्रममा निराजन थापाको भोगाई र सुझाव ।
२०७७ भदौ २२ गते राति एक्कासी जीउ करकर खाए आएको ज्वरो आयो । ज्यान उठाउन गाह्रो भयो। कम्बोजेसिक ट्याबलेट एउटा खाएपछि ज्वरो हट्यो । तर ज्यान साह्रै नै दुखिरह्यो। भाईरल ज्वरो भन्ने भएर खासै अरु केही नगरी दुई दिन त्यतिकै बिताईयो। त्यसपछि बिस्तारै खान मन नलाग्ने , बमिट आउन खोज्ने , डाईरिया हुने, गन्ध नआउने, स्वाद नपाउने, खोकी लाग्ने तथा छाती दुख्ने लक्षणहरु बढ्दै गए । सोही क्रममा पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । मलाई पोजेटिभ आउँदा सम्म छोरा र श्रीमतीलाई पनि क्रमशः लक्षणहरु देखिन थालि सकेको थियो । आफूलाई गाह्रो भईरहँदा पनि मन भने उनिहरुलाई केही नहोस् भगवान् भनिरहन्थ्यो । तर मेरो मनको कुरा भगवानले सुने नसुनेझै गरेका भान त्यतिबेला भयो । जबउनिहरुलाई पनि पोजेटिभ भएको खबरले आयो । मन स्तब्ध भयो । १२(१४ दिनको अन्तरालमा मुस्किलले म राति सुत्न सक्थें । ज्वरो आए देखि नै घरमा आईसोलेट भएर बसेको थिएँ। मेरो रातको छट्पटी सहन नसकेर तन्नाहरु पनि एकै डल्लो पर्थे। तर बिरामी परिवारलाई आफ्नो अप्ठ्यारो लुकाउने भर मगदुर प्रयत्न गरें । ताकि उनिहरुको मनोबल नखस्कोस्। रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि छिमेकीहरु तर्कन लागे। आफूलाई पनि त पर्ला भन्ने पनि नसोचिका छिमेकीले तपाईलाई कस्तो छ भनेर समेत सोध्ने प्रयास गरेनन् । वाहरे दुनियाँ ।वाहरे समाज । तर सबै त्यसता थिएनन् । बिर्सनै नसकिने आफन्त, साथिभाई, ईष्टमित्रको हरपल, हरक्षण माया सद्भाव र शुभ वचनहरुले रोगसँग लड्ने क्षमता अविरल प्रदान गरि नै रह्यो। कोरोना पोजेटिभ भएर पनि मेरो श्रीमतिले गलेको शरिर लिएर छिनछिनमा यो खान्छ कि त्यो खान्छ भनी गरेका लगातार कोशिशहरुले म, मेरो छोरो र मेरी श्रीमतिले यो रोगलाई अन्ततः २५ औं दिन(२०७७असोज१७)पछि जितेर नै छोड्यौं ।
अपराध गरेर पाएको सजाँय थिएन यो। महामारि हो, आज मलाई भेट्नेले भोलि अरुलाई नभेट्ला भन्न सकिंदैन । तर यो रोगले मलाई दिएको दुःख जति अरुले नपाउन् भनी आफ्ना केही अनुभवहरु हजुरहरु समक्ष पस्कने जमर्को गरेको छु। यो मेरो विशुद्ध आफ्नो अनुभव भएकोले केही कुरा बाझिएमा सल्लाह दिनुहोला।
मेरो आफ्नो अनुभवले । होम आईसोलेसन बस्नेहरुलाई सुझाव हुन सक्ने विश्वास लिएको छु ।

१) यदि ज्वरो आउने, ज्यान दुख्ने र रुघाखोकी लाग्ने लक्षण देखिएमा पानीको बाफ लिने, काँडा पानी पिउने , खान र नुहाउन तातोपानी मात्र प्रयोग गर्ने ।
२) सकेसम्म आफूलाई अरुबाट अलग्गै राख्ने ।
३) अत्यधिक ज्वरो आए सिटामोल ,कोडोपार वा डिकोल्ड दिनको तीन पटक लिने ।
४) सकेसम्म खुल्ला ठाउँमा बस्ने , पंखा ,एसि प्रयोग नगर्ने ।
५) आफू कोठामा एक्लै बस्दा मास्क नलगाउने ।
६) अक्सिमिटरले आफ्नो अक्सिजन लेभल जाँच गरिरहने ।
७) यदि अक्सिजन लेभल ९० भन्दा कम देखिएमा तुरुन्तै नजिकैको अस्पताल जाने।
८) सुत्दा उतानो परेर नसुत्ने । कोल्टो वा घोप्टो परेर सुत्ने ।
९) शरिरमा ईम्युनिटि पावर बढाउन प्रशस्त मात्रामा भिटामिन सि तथा प्रोटिन यूक्त खानेकुरा खाने ।
१०) यो रोगमा खानेकुराको स्वाद जाने भएकोले खान मन नलागे पनि झोलिलो चिज प्रशश्त पिउने । खान नछोड्ने ।
११) मनोबल उच्च राख्ने ।
१२) कोठामा एक्लै बस्दा अनेक नकारात्मक कुराहरु पनि आउन सक्छ ,यसले हाम्रो ईम्युनिटि पावरलाई निकै कमजोर बनाउने भएकोले हास्यरस भएका कृतिहरु पढ्ने, रमाईला भिडियो हेर्ने ।
१३) यसले ४,५ दिन देखि कसै कसैलाई १४,१५ दिन सम्म पनि दुःख दिन सक्छ । त्यसैले धेरै कुरा सोचेर नआतिने ।
१४)छाति दुखेमा संभव भए छातिको एक्स रे गर्ने तथा रगत जचाँई नजिकको डाक्टर सँग उचित सल्लाह लिने
१५)टोल टोलमा अनेक क्लबहरु सक्रिय छन्। यस्तो बेलामा होम आईसोलेसनमा बस्ने कतिपय संक्रमितलाई अक्सिजनको कमि भई गाह्रो अवस्था सिर्जना गर्ने भएकोले संभव भएसम्म आफ्नो आफ्नो टोल समाजमा अक्सिजन मास्क र सिलिन्डर हरु जगेडा राखि अवश्यक पर्नेलाई घरमा नै उपलब्ध गराउने।
१६) माया माया माया ,संक्रमितहरु अपराधी होईनन् । यिनिहरु आइसोलेट भएर घरमा बसेकोले तपाईंहरु सुरक्षित हुनु भएको छ ।त्यसैले उनीहरुसँग भौतिक दुरि कायम गर्नु होस् सामाजिक भने होईन। अरु नगरे पनि बोल्न त हुन्छ नि ।
निराजन थापा
सिमरा, बारा

सम्वन्धित समाचार :