करेन्ट लागेर नभई कुटपिट गरि हत्या भएको माईती पक्षको आरोप
बारा
जिल्लामा एक चारमहिनाकी सुत्केरी महिलाको मृत्युलाई लिएर दुईपक्ष विच विवाद उत्पन्न भएको छ । कलैया उपमहानगरपालिका–१२ बलिरामपुर स्थीत राधेचन्द्र यादवकी पत्नी २५ बर्षिया पुष्पा देवीको हत्या भएको माईती पक्षले आरोप लगाएपछी विवाद भएको हो । यता बारा प्रहरीले शनिबार साँझ करेन्ट लागेर धारामा ढलेकी पुष्पाको कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाएको छ । धारामा मोटर चलाउन जडान भएको विजुली सर्टभई करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
तर मृतक महिलाका माइती पक्षले करेन्ट लागेर मृत्यु नभई उनको हत्या भएको आरोप लगाएका छन् । उनीहरुले केटापक्षले आफ्नी चेलीलाई कुटपिट गरि हत्या गरेको हुनसक्ने भन्दै कलैया अस्पतालबाट आईतबार अवेर सम्म शव बुझ्न दिएनन् ।
कलैया उपमहानगरपालिका २६ निवासी पुष्पाको राधेचन्द्रसँग विवाह भएको ५ बर्ष भयो । विवाह भएको एकबर्षपछी देखी नै पैसाका विषयलाई लिएर राधेचन्द्र ससुरालीसँग रिसाएका थिए । त्यसपछी पुष्पालाई माईती घर आउजाउ बन्द गरे । आफनतसँग भेट्न, बोल्न बन्द भयो । भाई बहिनीहरु र स्वयं आमाबुवासँग कुरा गर्न र भेटगर्न राधेचन्द्रको परिवारले पुष्पालाई बन्देज लगायो । त्यो बन्देज अहिने सम्म जारी थियो ।
पुष्पाका लागि चाडपर्व माईती टाडा बनाईएको थियो, मृतक पुष्पाका आफन्त राजेश कुस्वाहले बताए । केही दिनअघि विदेशबाट आएका पुष्पाका भाईले मात्रै जसोतसो दिदिसँग भेट गरेका थिए । त्यसको केहीदिन नवित्दै उनको मृत्युको खबर आयो । हाम्रालागि यो खब स्वभाविक लाग्ने कुरा कसरी हुन्छ राजेशले सुनाए । घटनाको गहिरो अध्यायन र निश्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने हाम्रो माग हो, उनले भने।
करेन्ट लागेरै पुष्पाको मृत्यु भएको घरपक्षको भनाई
यता करेन्ट लागेरै पुष्पाको मृत्यु भएको घरपक्षको भनाई छ । शनिवार बेलुका धारामा जडित मोटर चलाउने क्रममा करेन्ट लागि लडेकी रहिछन् । मैलेनै एम्बुलेन्स बोलाएर अस्पताल पठाएको हुँ, विडम्बना उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमा निधन भयो । जहाँ सम्म मृतक पुष्पाका माईती पक्षले मारेको आरोप लगाए त्यो सरासर निराधार भएको वडा नं.१२ का अध्यक्ष राजन राउत कुर्मीले बताए ।
३ बर्ष पहिलो पहिलो सन्तान हुँदा उनी माईतमा थिईन् । गर्भमै दिशा खाएको अवस्थामा अपाङ्ग बच्चा जन्मियो । उपचारका धेरै खर्च गर्दागर्दै केही समयपछी त्यो बच्चा म¥यो । सुसुराली पक्षको लापवाहिले बच्चा गुमाउनु परेको भन्ने केटापक्षलाई परेको भएपनि पछिल्लो समय दुवै परिवार विच सम्बन्ध सुमधुर रहेको आफुले बुझेको उनले बताए ।
यद्यपी बुहारीलाई असाध्यै माया गर्थे । अहिले पनि उनीहरुको ४ महिनाको छोरा छ । पति कमाउन काठमाण्डौं बस्थे । घटनापछी आज आएका छन् । हामी छिमेकी पनि हौं । पुष्पाको हत्या भयो भनेर पत्याउने कुनै आधार छैन । यो दुर्घटना हो वडाअध्यक्ष कुर्मीले भने ।
तर माईती पक्ष सोमान्ने पक्षमा नदेखिँदा शनिबार दिनभर कलैया अस्पताल परिषर विवादित बन्यो । कलैया नगरपालिका मेयर राजेश राय यादव सहितका जनप्रतिनिधीहरु र प्रहरी विवाद ब्यवस्थापनमा लगेका थिए । साँझ अबेर वास्तविकताको गहिरो छानविन गर्न प्रहरीमा जाहेरी दिने र पोष्टमाटम रिपोर्टका आधारमा अघि बढ्ने दुईपक्ष विच सहमती भएको छ । सहमतीपछी शव केटापक्षलाई बुझाईको छलफलमा संलग्न कलैया उपमहानगरपालिका ८का अध्यक्ष विक्रम यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्याल बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जाहेरी परेका खण्डमा प्रहरीले घटनाको निष्पक्ष छानविन गर्ने छ । त्यसका लागि पोष्टमाटम रिपोट आएपछि मात्रै केही भन्न सकिने उने बताए । वास्तवमै घटना सुनियोजित पाईको खण्डमा संलग्नलाई कडा कार्वाहीको दायरामा ल्याईने उनको भनाई छ ।