बारा प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ । शनिबार जिल्लाका विभिन्न स्थानिय तह अन्तर्गतका गंजभवानीपुर, डुमरबाना, सिम्रौनगढ, मधुवन, पिपरपाती लगायतका स्थानहरूमा लुकाई छिपाई उत्पादन भएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरिक्षक रुद्रराज कडेंलको नेतृत्वमा मातहतका इकाई समेतका प्रहरीटोलीले मदिरा भट्टी तथा तयारी मदिरा नष्ट गरेको हो । यस क्रममा अवैध घरेलु मदिरा उत्पादन गर्ने १९ ओटा अवैध भट्टीबाट अन्दाजी १२ हजार लिटर कच्चा पदार्थ , ८ सय लिटर तयारी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसैक्रममा प्रहरीलेमदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरी ३ थान स्वचालित मेशिन बरामद गरेको बाराका प्रहरीले जनाएको छ ।
यस्तै अन्यत्र आक्रमक देखिएको प्रहरीको कार्वाही जिल्लाको जैतापुर, लामिडाँडा, बडहर्वाका अबैध मदिरा कारोबारीसँग भने मिलीभगत रहेको स्थानियले बताएका छन् । यसक्षेत्रमा सयौंको संख्यामा संचालित अबैध मदिरा भट्टी संचालकहरुबाट प्रहरीले मासिक नजराना लिने गरेको स्थानियले बताए ।
स्थानिय भद्रभलाद्मी जनप्रतिनीधिहरु समेतको रोहवरमा प्रहरी चौकी जैतापुरमा पटकपटक अबैध मदिरा कारोबारमा लगाम लगाउन प्रहरीलाई सहयोग गर्ने निर्णय भएका छन् ।
तर नियन्त्रण गर्नुको साटो प्रहरीले मासिकरुपमा पैसा लिएर भट्टी संचालन गराई रहेको नाम नबताउने शर्त एक जनप्रतिनिधिले बताए ।