Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपभोक्ता समितिले सम्पन्न गरेका योजनाको भुक्तानी रोक्न भयानक चलखेल

न्युजडेस्क न्युजडेस्क
२३ आश्विन २०७७, शुक्रबार
उपभोक्ता समितिले सम्पन्न गरेका योजनाको भुक्तानी रोक्न भयानक चलखेल
45
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

उपभोक्ता समितिका पधादिकारीहरु तनावमा

सिमरा,बारा
लकडाउनका कारण विकास निर्माणको काम ढिलो गरी सम्पन्न गरेका १२३ उपभोक्ता समितिले जीतपुरसिमरा उपमहानगरपालिकाबाट अघिल्लोबर्षको झण्डै १४ करोड रकम भुक्तानी पाउन सकेका छैनन् ।

लामो समय बन्दका कारण समयमै काम गरेका योजनाहरुको भुक्तानी अझै बाँकी छ । उपमहानगरपालिकाका जनप्रतिनिधिले उपभोक्ताको भुक्तानी गराउन प्रयास गरेपनि आर्थिक वर्ष अन्तमा प्रमुख प्रशासकीय अधिकृत फेरिँदा समस्या भएको नगरले जनाएको छ । हाल नयाँ कार्यकारी अधिकृतबाट हजारौं उपभोक्ताको समस्या समाधान गर्न खोज्दा भयानक चलखेल भैरहेको जनप्रतिनीधिहरुले बताएका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि आएका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले उपभोक्ताको भुक्तानी दिने विषयमा चासो देखाएनन् । जनप्रतिनिधिले उपभोक्ताको भुक्तानी गराउन पटकपटक ध्यानाकर्षण गराउदा समेत निरौला पन्छिदै आए । जस्का कारण उपभोक्ता समितिका पधादिकारीहरु तनावमा छन् । उधारो र सरसापट गरेर सामान किनेर काम गरेकाहरुल नगरबाट भुक्तानी नहुँदा मानसिक यातना सहनु परिरहेको उभोक्ता समितिका रामकुमार थापाले बताए ।
आर्थिक वर्ष २०७६/७७ मा भुक्तानी गर्न बाँकी योजना समेत उपमहानगरपालिकाले चौथो नगरसभाबाट पास गरिसकेको छ । नगरसभाले पास गरेको योजनाको भुक्तानी दिन कानुनी अड्चन नभएपनि प्रशासकीय अधिकृत तयार नहुँदा उपभोक्ता समिति मारमा परेका छन् ।
उपभोक्ता समिति रकम भुक्तानीमा प्रशासकीय अधिकृत निरौलाले अनेक उल्झन देखाई आलटाल गर्दै आएका थिए । अधिकृतले भुक्तानी नदिने अडान लिएपछि उपमहानगरको आर्थिक वर्ष २०७७÷७८ को योजना समेत अन्यौलमा पर्ने अवश्या सृजना भएको थियो ।
उपभोक्ताको रकम भुक्तानी नदिन प्रशासकीय अधिकृतलाई राजनितिक दलका केही नेताले दवाव दिएको चर्चा समेत यस बिच बाहिर आएको छ । दलका नेताले आफु निकटका केही पत्रकारलाई प्रयोग गरेर प्रशासकीय अधिकृत माथी दवाव सिर्जना गरि उपभोक्ताको भुक्तानी रोकेर जनप्रतिनिधिलाई असफल प्रमाणीत गर्ने प्रयास गरेको बुझिएको वडा नं.१७का अध्यक्ष नवराज खड्काले बताए । उपनगरपालिका र जनप्रतिनीधिमा जुन खालको आरोप लगाईएको छ त्यसमा सत्यता नभएको उनले बताए । उनले भने, उपभोक्ताको भुक्तानी हुनैपर्छ भन्ने हाम्रो अडान हो ।
उपभोक्ताको भुक्तानी दिने पक्षमा नरहेका प्रशासकीय अधिकृत निरौला कार्यालयमा बस्ने गरेका थिएनन् । उपमहानगरमा हाजिर भएलगत्तै झापा गएका निरौला त्यहाबाट फर्किएर काठमाण्डौ गएका थिए । काठमाण्डौबाट फर्किएको भोलिपल्टै पुनः बिरामी बिदा लिएर उनि पुनः काठमाण्डौ गएका थिए ।
उपभोक्ताको बाँकी रकम भुक्तानी गर्ने जिम्मेवार अधिकृतले नगरप्रमुख, उपप्रमुखलाई जानकारी नै नदिई पटकपटक विदा बस्दा उपमहानगरको सम्पूर्ण गतिविधि अन्यौलमा परेको अर्का वडा अवस्था रामशरण बर्तौलाले बताए ।
नगरको समस्याका विषयमा छलफल गर्नुपर्ने प्रशासकीय अधिकृतले राजनितिक विभिन्न दलका नेतासंग छुट्टै भेट गर्ने गरेका थिए । जीतपुरसिमराका नगर प्रमुख र उपप्रमुखलाई असफल बनाउन लागेका नेतासंग प्रशासकीय अधिकृतको छलफलले उपमहानगरलाई अन्यौलता तर्फ धकेल्ने प्रयास भएको जनप्रतिनीधिहरुको बुझाई छ ।
यता समयमै भुक्तानी नपाएपछि निराश देखिएका उपभोक्ता समितिका पदाधिकारी समेत उपमहानगरको कार्यालयमा ताकेता गरिरहेका छन् । उपभोक्ता समिति मारमा परेपछि उपमहानगरको आकस्मिक बैठकले नयाँ प्रशासकीय अधिकृत ल्याएर भएपनि उपभोक्ताको भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको थियो । उपमहानगरको बोर्डको निर्णयअनुसार मन्त्रालयले उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत निरौलाको स्थानमा चेतकुमार पोखरेललाई पठाउने भएको छ ।
नयाँ प्रशासकीय अधिकृतले कार्यालयमा हाजिर नहुदै पुनः भुक्तानी रोक्न चलखेल सुरु भएको छ । निरौलाको सरुवा रोक्न चलखेल गरेका उनिहरु अहिले नया प्रशासकीय अधिकृत आउने पक्का भएपछि पुनः भुक्तानीको विषयलाई अनियमिमतासंग जोड्न थालेका छन् ।
नगरका नागरिकले उपभोक्ता समिति बनाएर गरेको कामलाई अनियमितताको नाम दिएर उपमहानगरको गतिविधिलाई अन्यौलमा राख्न चलखेल सुरु भएपछि उपभोक्ता समिति आक्रोशित बनेका छन् । नगरले भुक्तानी गराउने वातावरण बनाईरहेका बेला अवरोध गर्ने गरी भईरहेको खेलको विषयमा आफूहरु जानकार रहेको जीतपुरसिमरा १ का राजु थापाले बताए ।
‘भुक्तानी दिएन भनेर पनि भन्ने, अनि भुक्तानी गराउने वातावरण बनाउन खोज्दा विरोध पनि गर्ने ? उपभोक्ता समिति र जनप्रतिनिधिबीच दुरी बढाउने यो खेल किन हुदैछ’ थापाले भने ‘प्राविधिक, जनप्रतिनिधि, स्थानियको प्रत्यक्ष उपस्थितीमा भएको कामलाई अनियमिमता भन्दै उपभोक्ता समितिलाई समेत बदनाम गर्ने काम भईरहेको छ । ’
थापाजस्तै उपमहानगरको वडा र नगरका योजनाको काम गरेका उपभोक्ता समितिको भनाई समान छ । लडकडाउनका कारण प्रभावित योजनालाई अन्तिम समयमा काम गराउनुपर्ने बाध्यता सबैले बुझेको र भुक्तानी गर्न ढिलाई हुदा आफूहरु निराश भएपनि नगरको गतिविधिलाई असर पर्ने काम कसैले गर्न नहुने जीतपुरसिमरा ७ का राकेश गुप्ताले बताए ।
‘नियोजितरुपमा भुक्तानी रोक्न चलखेल भईरहेको हामीले पनि बुझेका छौ । बाराको अरु ठाउमा पनि यस्तै नै छ । अन्तको नदेख्ने अनि जीतपुरसिमराका उपभोक्ताको समस्यामा पार्ने खेल खेल्ने ? ’ गुप्ताले भने ‘यो केही ब्यक्तिको सिमित स्वार्थका कारण सिंगो नगर र नगरबासीलाई बदनाम गराउने काम भईरहेको छ । यो खेल तत्काल बन्द गरियोस् ।’
आफ्नो राजनितिक भबिष्य स्थापित गर्न नियोजितरुपमा जनप्रतिनिधिलाई बदनाम गर्ने र नगरको कामलाई ठप्प पार्ने प्रयासले कसैको भलो नहुने उपभोक्ता समितिको भनाई छ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२३ आश्विन २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२३ आश्विन २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२३ आश्विन २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२३ आश्विन २०७७, शुक्रबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२३ आश्विन २०७७, शुक्रबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२३ आश्विन २०७७, शुक्रबार
Next Post
पर्सामा अगामी २६ र २७ मा हुने पार्टी प्रवेश कार्यक्रमको तयारी पुरा कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता बाबुराम भटट्राई सहभागी हुने

पर्सामा अगामी २६ र २७ मा हुने पार्टी प्रवेश कार्यक्रमको तयारी पुरा कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता बाबुराम भटट्राई सहभागी हुने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

16 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी