दुर्गा खनाल
वडा अध्यक्षको कुटाईबाट गम्भीर घाईते भएकी सिरहाको सुखीपुर नगरपालिकाकी ममता यादबले आज जुस पिएर अनसन तोड्नु भएको छ ।
सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले दोषीलाई कार्बाही गर्ने प्रतिबद्धता जनाएपछि यादबले अनसन तोड्नु भएको हो ।
सूखिपूर नगरपालिका वडा नंम्बर ४ को वड़ा अध्यक्ष राम लोभित यादवको कुटाईबाट ममताको करङको हड्डी भाचिएर गम्भीर घाईते हुनु भएको थियो । घाईते यादब ४ दिन देखि लहान नगरपालिका स्थित शहिद चौकमा भोक हडतालमा बस्दै आउनु भएको थियो । यादबको अबस्था गम्भीर भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो । कुटपीटमा संम्लग्न वडा अध्यक्ष सहितका दोषीलाई कार्बाही गर्ने कणेलले प्रतिबद्धता जनाउदै जुस पिलाएर अनसन तोडाउनु भएको हो ।
सामान्य बिबाद बढ्दै गएपछि वडा अध्यक्ष यादबले ममतालाई मराणासन्न हुनेगरी कुटपीट गरेपछि उपचार पछि कार्बाहीको माग गर्दै अनसनमा बसेको पिडित यादबले जानकारी दिनु भयो ।