लहान
लकडाउन प्रभावित विपन्न लागि सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिकामा विहिबार पाँचौं चरणको राहत सामाग्री वितरण गरिएको छ । गाउँपालिको नंबर वडा ५ का ६४ विपन्नका परिवारमा खाध्यान्न राहतमा बितरण गरिएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।
राहतमा प्रति परिवार २५ किलो चामल , २ किलो दाल, १ लिटर खानेतेल , आधा किलो स्वाविन , २ वटा साबुन र एक किलो नुन प्रदान गरिएको उनले बताए ।

यस्तै आजै गाउँपालिकामा भएको अर्को कार्यक्रमा वेलफेयर एजुकेशनल सोसाईटी खड्क नगरपालिका सप्तरीले सखुवा नन्कारकट्टी गाउँपालिकाका १५ जना पुर्ण अशक्तलाई व्हिलचेयर बितरण गरेको छ । स्थानिय सामाजसेवी रहमुल राईनको विशेष पहलमा अपाङ्गता भएकाहरुका लागि कुर्सि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्वन्धित समाचार :