वीरगन्ज,२२ असोज/
जनता समाजवादी पार्टी पर्साले पार्टी प्रवेश गराउनका पुर्व तयारी बैठक आज सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्ष्तामा बसेको बैठकले जिल्लाको विभिन्न पालिकामा पार्टी प्रवेश गराउनलाई पुर्व तयारी बैठक सम्पन्न गरेको हो ।
जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित बैठकमा सहभागीहरुले जनता समाजवादी पार्टी पर्सामा बृहत पार्टी प्रवेश गराएर जिल्लाको एक नम्बरको पार्टी बनाउने बताएका छन । उनीहरुले अगामी दिनमा पनि जिल्लामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरी रहने बताएका हुन । साथै अगामी दिनमा हुने पार्टी प्रवेश कार्यक्रमलाई भब्य तथा सभ्य रूपमा सफल बनाउन सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाइ अनुरोध समेत गरीएको छ ।
पार्टी प्रवेश पुर्व तयारी बैठकमा जनता समाजवादी पार्टीका नेता एवं पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव ,प्रदेश सभा सदस्यहरु सिङ्हासन साह,जन्नत अन्सारी, भिमा यादव .जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहम्मद अन्सारी नेताहरु पुरुषोतम झा, जनार्दन यादव ,जिल्ला पदाधिकारी ,निर्वाचित पालिका प्रमुख लगायतको सहभागीता रहेको थियो ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy