Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

यसरी लोक सेवा परीक्षा

न्युजडेस्क न्युजडेस्क
२२ आश्विन २०७७, बिहीबार
यसरी लोक सेवा परीक्षा
67
SHARES
209
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले लोकसेवा आयोगद्वारा हुने सबैखाले परीक्षा सञ्चालन अनुमति दिएको छ । लोकसेवा आयोगले कोरोना कहरका कारण यसअघि स्थगित आर्थिक वर्ष २०७६-७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७-७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गरिरहेको छ । कोरोनाबीच ‘कसरी परीक्षा सञ्चालन हुन्छ ?’ भन्ने चासो सबैमाझ छ ।

आयोगले परीक्षा सञ्चालन मापदण्ड तयार पारेको जनाएको छ । ‘संक्रमणको विशेष अवस्थामा परीक्षासम्बन्धी मापदण्ड २०७७’ तयार पार्दै परीक्षा सञ्चालन गरिने भएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले मापदण्डअनुसार पहिलो चरणमा यसअघि स्थगित सहसचिवस्तरको परीक्षा हुने क्रममा रहेको जानकारी दिए । गत वर्ष स्थगित खरिदार, नासु तथा अधिकृतसहितका परीक्षा र नयाँ कार्यतालिका क्रमिक रूपमा आइरहेको छ ।

आयोगले तयार पारेको मापदण्डअनुसार परीक्षार्थीलाई कोरोना परीक्षण रिपोर्ट आवश्यक पर्ने छैन । परीक्षार्थी स्वयंले आफूलाई संक्रमण भए नभएको घोषणा गर्नुपर्नेछ ।

‘परीक्षार्थी आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयंले घोषणा गर्नुपर्नेछ,’ सूचना अधिकारी सुवेदीले थपे, ‘संक्रमित परीक्षामा सामेल हुन पाउने छैनन्, संक्रमित भएमा सूचना लुकाउन मिल्ने छैन ।’

परीक्षा केन्द्र निर्धारण, व्यवस्थापनमा खटिने कर्मचारी र परीक्षार्थीका लागि निश्चित मापदण्ड तयार पारिएको छ । मापदण्डअनुसार एकसय परीक्षार्थीका लागि एक परीक्षा केन्द्र रहनेछ भने एक कक्षा कोठामा २५ भन्दा बढी परीक्षार्थी रहने छैनन् ।

उपलब्ध नभएको अवस्थाबाहेक एक भवनमा एकभन्दा बढी परीक्षा केन्द्र निर्धारण गर्न नपाइने आयोगले व्यवस्था रहेको छ । परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, एक उपकेन्द्राध्यक्ष, प्रतिबीस परीक्षार्थी एक सहायक केन्द्राध्यक्ष, एक समन्वयकर्ता र प्रतिपन्ध्र परीक्षार्थी एक निरीक्षक र तीन सहयोगी मात्र खटाइने छन् ।

परीक्षा सञ्चालन गर्दा सरकारबाट जारी संक्रामक रोग नियन्त्रण तथा रोकथामसँग सम्बन्धित सबै मापदण्ड पालना अनिवार्य गरिएको छ । आयोगले आकस्मिक प्रयोजनका लागि प्रतिपरीक्षा केन्द्र २० थान मास्क, ५ सय एमएल स्यानिटाइजर र साबुनलगाायत अत्यावश्यक सामग्री व्यवस्था गर्नेछ ।

परीक्षास्थलमा आउने सबैले अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्नेछ । यसक्रममा दूरी कायम गरी कर्मचारीले मास्क खोल्न लगाई उम्मेदवार पहिचान गरेरमात्र परीक्षा हलमा जान अनुमति दिने छन् ।

त्यस्तै, प्रश्नपत्र खोल्दा, उत्तरपुस्तिका वितरण गर्दा, हाजिरी गराउँदा, प्रश्नपत्र वितरण, उत्तरपुस्तिका चेकजाँच गर्दा, थप उत्तरपुस्तिका वितरण गर्दा, उत्तरपुस्तिका बुझिलिँदासमेत उच्चसतर्कता कायम गर्नुपर्ने जनाइएको छ ।

आयोगबाट सञ्चालन हुने प्रयोगात्मक-सीप परीक्षणसम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामूहिक छलफल, प्रस्तुतिकरणलगायत कार्य सञ्चालन गर्दासमेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा मापदण्ड पालना गर्नुपर्नेछ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२२ आश्विन २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२२ आश्विन २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२२ आश्विन २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२२ आश्विन २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२२ आश्विन २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२२ आश्विन २०७७, बिहीबार
Next Post
चाडबाड लक्षीत शुफत मुल्य पसल संचालनमा आउने

चाडबाड लक्षीत शुफत मुल्य पसल संचालनमा आउने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

9 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

10 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी