वीरगन्ज,१८ असोज/
गत असोज ५ मा प्रहरी प्रधान कार्यालयको नियमित सरुवा सुचिमा पर्सामा कार्यरत ५ जना प्रहरी निरिक्षक एकै पटक सरुवा भयो । लामो समयपछि प्रधान कार्यालयले निकालेको सरुवा सुचिमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २ जना,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख ,ईलाका प्रहरी कार्यालय पोखरीया र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख थिए ।
प्रहरी प्रधान कार्यालयको सरुवा सुचि मितिका अनुसार उनीहरुको सरुवा भएको दुईसाता वित्न लागेको छ । तरपनि उनीहरु जिल्ला छाडेर सरुवा भएको ठाँउमा पुगेका छैनन । किनकी उनीहरुलाई सरुवा भएर जाने समयमा पर्साका विभिन्न संघसस्था र स्थानीयहरुबाट सम्मान र बिदाईको मोह छ । जाने समयमा बढि विदाई र सम्मानको मोहमा अहिले आफ्नो कार्यकाल भरी विवाद र विदादित गतिबिधिमा परेका वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख निर्मल पनेरु छन ।
उनको काठमाडौं सरुवा भएको छ । तर अहिले जिल्ला नछाडेर बिदाई र सम्मानमा सहभागी भईरहेका छन । पनेरुको ईलाकामा पर्ने विभिन्न समाजिक संस्था र व्यतिmहरुलाई बिदाई र सम्मान गर्नेका लागी आग्रह गर्दै आएका छन । उनकै आग्रहमा बिदाई र सम्मान गर्नेहरुको सम्मान ग्रहणको क्रममा कहिले उनी आर्दशनगरको ग्रीन सिटिमा देखा परिरहेका छन भने कहिले आफ्नै कार्यकक्ष मै ।
स्थानीयका अनुसार सरुवा भएर जाने समयमा बिदाई र सम्मान भए उनी पर्सामा बसेको समयमा राम्रो काम गरेको देखाउन खोजेका छन । पनेरु बिदाई र सम्मानका लागी हानथाप गरीरहेको अवस्थामा पहिलो स्थानमा देखापरेका छन । वडा प्रहरी कार्यालय विर्तामा प्रहरी प्रमुख पनेरु भन्दा कम छैनन ईलाका प्रहरी कार्यालय पोखरीया प्रमुख प्रहरी निरिक्षक चन्द्र कुमार सिंह पनि । उनी यहि कार्यमा लगातार देखापरीरहेका छन ।
विभिन्न समाजिक संघ संस्थाबाट बिदाई र सम्मानमा लगातार देख्दै आएका छन । सरुवा भएको दुई साता वित्न लाग्दा उनीहरुलाई आफ्नो सरुवा भएको स्थानमा पुगेर कार्यभार सम्हालन पुग्नु पर्ने हो तर उनीहरु अहिले जिल्लामा नै सम्मान थापिरहेका छन ।
बाँकी पटेर्वा सुगौलीका प्रहरी प्रमुख यस्ता गतिविधिमा खासै सक्रिय नभएको हेर्ने सकिन्छ छन । उनलाई बिदाई गर्ने स्थानीयबासी कम होलान अथवा उनी बिदाईलाई मन नपराएका होलान । तर उनी त्यति अगाडी देखिएका छैनन । स्थानीयका अनुसार यो पर्सामा केहि बर्षदेखी दलाली र चाकडीको नाममा सम्मान र बिदाई गर्ने क्रम बढेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षकद्धय यादव र गीरी सरुवा भएको केहि दिनमै जिल्ला छाडिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


चाकडी र दलाली गर्ने बढे


पर्सा जिल्लामा नाम मात्रको समाजिक संस्थाको कमि छैन । समान्य समयमा स्थानीयहरुको समस्या समाधानका लागी अगाडी नदेखिने समाजिक संस्थाहरु अहिले प्रहरी अधिकृतहरुको बिदाई र सम्मानमा देखिरहेका छन । नाम मात्रको समाजिक संस्था अहिले प्रहरी प्रमुख र प्रहरी अधिकृतहरुको दलाली र चाकडीमा लगातार देखापरेको स्थानीयबासीको आरोप छ ।

कोभिड १९ को महामारीमा समस्यामा परेका सर्वसधारणलाई सेवा र सहगोगमा अगाडी नआएका संघसंस्था प्रहरी अधिकृतको विदाई र सम्मान गर्नेलाई किन मरिहते गर्छन भन्ने कुरा स्थानीयबासीको बुझन सकिरहेका छैनन । सरुवा भएर नयाँ आउनेलाई सम्मान गरे कार्यरत रहुन्जेल दलाली चल्छ भने भन्न सकिन्छ । तर सरुवा भएर जानेलाई विदाई र सम्मान गरे के पाईन्छ अर्थात आखिर के अपेक्षा होला बुझन नसकेको जिल्लाबासी बताउँछन ।


असोज ५ मा प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचीमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाका प्रमुख रवि भुषण यादवको प्रदेश १ को बिराटनगर मोरङमा सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामै कार्यरत लक्ष्मण गिरीको काठमाडौं सरुवा भएको छ । भने पर्सामा कार्यभार सम्हालेदेखीको बदनाम प्रहरी निरीक्षक एवं वडा प्रहरी कार्यालय विर्ताको प्रहरी प्रमुख पनेरूको पनि काठमाडौं सरुवा भएको पत्रमा उल्लेख छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरभारको सर्लाही सरुवा भएको हो । भने ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी प्रमुख चन्द्रकुमार सिंहको काठमाडौं सरुवा भएको छ ।

सम्वन्धित समाचार :