थानकोटका अनुसार ना ४ ख ३०८५ नम्बरको ट्यांकरका चालक सचिन सुवेदीलाई पक्राउ गरिएको हो ।
उनलाई आयल निगमको थानकोटस्थित डिपोबाटै पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
उक्त ट्यांकर भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको थियो ।
सुवेदीले करिब चार हजार लिटर मट्टितेल ट्यांकरमा मिसाएको अनुमान गरिएको छ । चेम्बरको लक खोलेर हेर्दा मिसावट गरेको देखिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ट्यांकरमा पाँच वटा चेम्बर हुने गर्दछन् । सुवेदीले एक चेम्बरमा मट्टितेल मिसाएको प्रहरीले जनाएको छ। एक चेम्बरमा ४ केएल अर्थात् ४ हजार लिटर तेल हुने गर्दछ ।
पक्राउ परेका सुवेदीमाथि आवश्यक अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy