मुकेश कुमार यादव
लहान असोज १३ । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको विद्यालयहरु १४ गते देखी संञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत चैत ११ बाटै विद्यालयहरु बन्द छ । लामो समयदेखि अवरुद्ध पठनपाठन गाउँपालिकाको निर्णयअनुसार १४ गते देखि पालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन र १५ गते देखी पठनपाठन सुचारुहुन लागेको छ ।

कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी कक्षा ६ देखी १२ सम्म २ सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको गाउँपालिकाको शिकक्षा शाखा प्रमुख पताशी यादवले जारी गरेको छ ।

विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बसाउने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन गाउँपालिकाले निर्देशन दिएको छ । विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने पनि भनिएको छ ।

विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि गाउँपालिकाले निर्देशन दिएका छ ।

बालविकास देखि कक्षा ५ सम्म विद्यालय अर्को सुचना आएपछि संचालन गर्ने गाउँपालिकाले जनाएको छन ।

सम्वन्धित समाचार :