मुकेश कुमार यादव
लहान असोज १३ ।बरियारपट्टी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी सम्हालेका रंजित जंग अधिकारीले बरियारपट्टी गाउँपालिका मुहार शिघ्र फेरीने बताएको छ ।
विवाद र आलोचनामा पर्दै आएको बरियारपट्टी गाउँपालिकामा सुधारका संकेतहरु देखिएको छ ।
बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रंजित जंग अधिकारी पुगेसँगै लामो समयदेखि देखिएको विवाद र नीतिगत समस्याहरु समाधानमा सक्रियता देखिएको छ ।
दुई साता अघि बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसँगै अधिकारीले जनप्रतिनिधीवीचको विवाद मत्थर पार्ने कामसँगै सुधारका विभिन्न निर्णय गरेका छन् । नियमित रुपमा कार्यालय पुग्ने गरेका उनी सवैभन्दा पहिले गोलबजारमा रहेको बरियारपट्टी गाउँपालिकाको ‘सम्पर्क कार्यालय’ हटाएका छन् ।
गाउँपालिकाकै प्रशासनीक भवनमा वसेर सेवा दिनुपर्ने भएकोले फजुल खर्च हुनेगरी राखिएको प्रशासकीय भवन हटाईएको प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘नागरिकलाई असहज हुनेगरी रहेका कार्यालय हटाएको छु,’उनले भने,‘कर्मचारीले प्रमुख प्रशासकीय भवनबाटै पालिकाको सेवा दिनुपर्छ ।’
यससँगै नयाँ योजना कार्यान्वय गर्न वडा कार्यालयहरुलाई पत्राचार गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत यादवले भने,‘कुन विधि र प्रकृयाबाट योजना कार्यान्वयन हुने हो त्यही वारेमा पत्राचार गरेको छु । यसले योजनालाई समयमै कार्यान्वयनमा ल्याउन सजिलो हुन्छ ।’
गाउँपालिकाका विभिन्न शाखाहरुको व्यवस्थापनमा यस अघि देखिएका कमजोरीलाई हटाउने कोसिस गरेको उनले बताए । ‘स्वास्थ्य, शिक्षा, पशु, कृषि जस्ता विषयगत शाखाहरु व्यवस्थापन भएको छ,’उनले भने,‘विषयगत शाखा व्यवस्थितसँगै काम पनि छरितो र पारदर्षी हुन्छ ।’
‘अहिले गाउँपालिकावासीलाई कार्यालय यहाँ छ भन्ने विश्वास लाग्न थालेको छ,’उनले भने,‘यो गाउँपालिकाप्रति सकारात्मक सोचको विकास भएको छ । यसमा सवैको सहयोग र योगदान जरुरी छ ।’
‘गाउँपालिकालाई विकास र सुशासनको पथमा अगाडी बढाउनु जरुरी छ,’उनले भने, ‘यसका निम्ति निर्वाचित जनप्रतिनिधीसँगै स्थानीयको पनि सहयोग हुनुपर्छ ।’
बरियारपट्टी गाउँपालिकाका स्थानीय अगुवा जोगिन्द कामतले नयाँ हाकिम आएसँगै गाउँपालिका यहाँ रहेको अनुभूती हुन थालेको बताए ।
गाउँपालिका ईनजिनियर सुरेन्द्र यादवले भने तिन वर्ष यात गाउँपालिकामा काम चाहि माघ फागुन हुन्थयो तर यो अधिकृत सर आए लगतै काम तिब्रत देखिएको छ ।
उहाले थापे पहिल यस्तो कामको चाप थिएन दिन भरी बसेर समय गुजार्थे तर अहिले काम गर्ने फुस्द हुदैन ।
पञ्जीकरको प्रमुख अधिकृत विन्देश्वर यादवले भने वितेको तिन वर्ष अपागहरु का ड पाएको थिए तर भोलि देखी काड वितरण गर्न निर्देशन समेत दिसको छ

सम्वन्धित समाचार :