सिरहा । सिरहाको मिर्चैया नगरपालिकाकामा बिहीबार अढाई तल्ले वडा कार्यालय भवनको शिल्यानास भएको छ ।
मिर्चैया नगरपालिका वडा नम्बर २ मल्हनिया खोरीमा बिहीबार जिल्ला समन्वय समितिका सभापति राम चन्द्र ठाकुर र मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले एक कार्यक्रममा बिच वडा कार्यालय भवनको विधिवत रुपमा शिल्यानास गरेकाछन् ।
जिल्ला समन्वय समितिबाट ४५ लाख र मिर्चैया नगरपालिकाबाट ३० लाख गरी कुल ७५ लाखको लागतमा दश वटा कोठा र शौचालय सहितको वडा कार्यालय भवन निर्माण कार्य हुन लागेको जिल्ला समन्वय समितिका सभापति राम चन्द्र ठाकुरले बताए ।
वडा कार्यालयको शिल्यानास कार्यक्रम मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति राम चन्द्र ठाकुर, विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका उपसभापति सरोज कुमार यादव तथा अतिथीहरु मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर ध्वजअङ्गदेम्बे, दुई नम्बर वडाका वडा अध्यक्ष लक्ष्मेश्वर कापर, एक नम्बर वडाका वडा अध्यक्ष धनिक लाल यादव लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो