सप्तरी । सप्तरीमा कोरोना संक्रमित एक सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणका कारण बिहीबार बिहान मृत्यु भएको हो ।
गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा रहँदै आएका उनमा सुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताएका छन् ।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको हो । मृत्यु भएका ती पुरुष कर्मचारी लामो समयदेखि प्रमुख जिल्ला अधिकारी निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।

सम्वन्धित समाचार :