मुकेश कुमार यादव
लहान २ असोज ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ०७७÷ ०८८ को बजेट विनियोजन,नीति तथा कार्यक्रम आज सावर्र्जनिक गरेको छन ।
राजस्व बाँट फाँट बाटप्राप्त रकम ५० लाख,प्रदेश सरकार वाट प्रप्त वि। स अनुदान ७१ लाख ५४ हजार,प्रदेश सरकार वाट सशर्त अनुदाान ८० लाख,प्रदेश सरकार वाट विशेष अनुदान३० लाख,प्रदेश सरकारवाट समपुरक अनुदान २०लाख,नेपाल सरकार वाट वितिय समानिकरण अनुदान १० करोड २७ लाख,सवारी साधन कर वाँडफाड वापतको रकम३७ लाख६१ हजार रहेका छन।
त्यस्तै गत आ वा को बाँकी बैंकमौजदात आ.बा. ०७६÷०७७ को १३ करोड ६० लाख लगायत ४९ करोड ९२ लाख १५ हजार रहेको छन । गाउँपालिका अध्यक्ष रामबलव साहले बजेट प्रस्तुत गर्ने क्रममा भने उक्त आगामि आर्थिक वर्षका लागि कोराना भाइरसका कारण रोजगारी गुमाएका स्थानीयलाई घरैमा रोजगारी दिने, लक्ष्मिपुर पतारी गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा सास्कृतिक क्षेत्रको संरक्षण गरी पर्यटन प्रबद्धनमा विकास, आन्तरिक पर्यटक भित्रयाउनमा जोड दिने, शिक्षा स्वास्थ्य, कृषि, भेटेरेनरी कार्यक्रमलाई विषेश प्राथमिकतामा राखी निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ । सरकाले लगतार लकडाउन लम्वियाको कारण यस पालिका जनतामाको आईस्रोत प्रभवित बन्दै गएको कारण सव भन्दा पहिले कृषि उतपादना जोड दिने कार्यक्रम संंचालन गर्ने क्रममा अध्यक्ष सहले भने । असोज ११ गते देखि समाजिक दुरि कायम गरी तथा भरपर्दाे साधन प्रयोग गरी समपुर्न विद्यालय संचालन गर्ने जानकारी गराए । कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघको अध्यक्ष दिनेश्वर गुप्ता,विशिष्ट अतिथि गाउँलिकाको उपध्यक्ष आशा देवि यादव, आर्थिक शाखा प्रमुख नरेश कामति, वडा अध्यक्ष,कार्यपालिका सदस्य,कर्मचारी,पत्रकार लगायतको उपस्थिति थिए ।