सिरहा । कोरोना संक्रमणबाट सिरहामा एक महिलाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलका अनुसार मृतक महिलाको ग्यास्टिकको समस्यासँगै ज्वरो आएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको थियो ।
उपचारकै क्रममा आईतवार साझ उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यससँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।