सिरहा ।मारुती सिमेन्ट उद्योगको विरुद्ध गठित संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेल मार्फत विभिन्न माग सहित मारुतीविरुद्ध आन्दोलन गरिएको संघर्ष समितिले शुक्रबार ज्ञापनपत्र बुझाएको छ।

। संघर्ष समितिले सरोकारवालाका विभिन्न निकायलाई बोधार्थ गरेर प्रजिअ लाई ज्ञापनपत्र बुझाइएको हो।

समिति द्वारा प्रजिअ लाई दिएको ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरधाम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय जनकपुरधाम, डिभिजन वन कार्यालय, लहान, जिला प्रहरी कार्यालय, सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयालाई समेत बोधार्थ गराएको छ।संघर्ष समितिको संयोजक चिरञ्जीवी यादवद्वारा हस्ताक्षर ज्ञापनपत्र ध्यानाकर्षण गराइएको छ।

सम्वन्धित समाचार :