एजेन्सी । प्रसिद्ध आर्य समाजी, मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ । ८१ वर्षीय अग्निवेशको शुक्रबार भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनलाई (लिवर) कलेजोमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अन्तिममा अग्निवेशका प्रमुख अंगहरुले काम गर्न छोडेपछि भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुको बचाउने अन्तिम प्रयास विफल भएको थियो । सन् १९३९ सेप्टेम्बर २१ म जन्मिएका अग्निवेश भारतका प्रसिद्ध मानवअधिकार अभिन्यता हुन् । स्वामी अग्निवेशको मुक्तिमोर्चा र विश्वव्यापी आर्य प्रतिष्ठानसभाका कार्यावहाक अध्यक्ष स्वामी आर्यवेशका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिल्लीको जन्तरमन्तर रोडस्थित कार्यालयमा राखिनेछ ।
उनले भने– ‘अग्निवेशको पार्थिव शरीर शनिबार साँझ हरियाणाको गुरुग्राम जिल्लाको अग्निलोक आश्रममा दाहसंस्कार गरिनेछ ।’ दक्षिण भारतीय परिवारमा जन्मिएका उनी शुरुमा एक शिक्षक, वकिल, टिभी कार्यक्रम प्रस्तोता हुँदै मानवअधिकार अभियन्ताका रुपमा अघि बढेका थिए । उनले सन् १९७० मा एक राजनीतिक दल आर्य सभा को गठन समेत गरेका थिए । त्यसपछि हरियाणमा निर्माण भएको सरकारमा मन्त्री समेत भएका थिए । उनले बधुवा मजदूरहरुको पक्षमा वकालत गर्दै रुढिवादी र जतियताका विरुद्ध संघर्ष गरेका थिए । 

सम्वन्धित समाचार :