चीनमा पछिल्लो समय कोरोना महामारीसँगै बाढी पहिरोको व्यापक जोखिम बढेको छ । पछिल्लो समय वर्षाका कारण चीनको सबैभन्दा ठूलो थ्री गोर्जेज ड्याममा पानीको वहाव खतराको लेभलमा आएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसैगरी देशका अन्य विभिन्न भागमा आएको बाढीका कारण ठूलो क्षति भएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् । जसका कारण चीनमा खाद्यान्न संकट भएर भोकमरी आउने स्थिति नहोस् भन्नेतर्फ पनि सचेत रहेको जनाइएको छ । चीन कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले आधुनिक समाजवादी देश निर्माण गर्ने प्रयासमा जोड दिएका छन् ।
त्यसका लागि उनलर् प्रकोप रोक्न र लड्नको लागि आफ्नो क्षमता सुधार गर्नुपर्ने बताएका हुन् । मंगलबार पूर्वी चीनको अनहुइ प्रान्तमा पुगेका सीले यस्तो टिप्पणी गरेका हुन् ।