संजय यादव,
गोलबजार २३, भाद्र
लकडाउनले थलिएका अति बिपन्न परिवारहरुको लागि गोलबजारका एक ब्यवसायी साहारा बनी नमूना प्रस्तुत भएका छन् । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारको आयोजनामा हिमानी फार्मेसीका संचालक तथा उद्योग ब्यापार संघ गोलबजारका कोषाध्यक्ष समेत रहेका बिजय कुमार साहको मुख्य सहयोगमा गोलबजार नगरपालिका वार्ड नं २ गुरुधामका अति बिपन्न १७ घर परिवारलाई राहत बितरण गरेको छ ।
विश्व कोरोना माहामारीको चपेटामा परेका अति विपन्न, दुई छाक हातमुख जोर्न समेत समस्या परेका गोलबजार २ का १७ घर परिवारलाई राहत बितरण गरेको क्लबका अध्यक्ष रामकुमार यादवले बताए । छोटो समयमै आफ्नो पहिचान स्थापित गर्न सफल गोलबजारका लोकप्रिय ब्यापारी साहले स्थानिय सरकार र आफुलाई नेता भनाउने जनप्रतिनिधिहरुको समेत त्यस्ता बिपन्न परिवारहरु प्रति आँखा पुग्न नसकेकोले मैले निजि लगानीमा त्यस्ता अति बिपन्न परिवारलाई राहत बितरण गरी सक्दो सहयोग गरेको बताए ।
व्यबसायी साहले भने, लकडाउनले दैनिक ज्यालादारी समेत गर्न नपाएर छाक टार्न समस्या भएको बेला त्यस्ता विपन्न परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो आलु, १ लिटर खानेतेल, १ किलो नुन लगायतको सामग्री प्रति घर परिवारलाई बितरण गरेको बताए ।
यस्तो समस्याको बेला आफुहरुलाई राहत बितरण गरेर ठुलो सहयोग गरेको र यो सहयोग जीवनभर बिर्सन नसक्ने राहत पाएका घर परिवारले खुशी ब्यक्त गर्दै व्यवसायी साहलाई धन्यवाद समेत ज्ञापन गरे ।
व्यवसायी साहले यस अघि पनि पटक पटक विपदको बेला समुदायमा सकेजतिको सहयोग गर्दै आईरहेको स्थानियहरुको कथन रहेको छ । ब्यवसायी साह यस्ता उदाहरणीय कामहरु गर्दै समाज र ब्यापारी माझ लोकप्रिय बनेका छन् ।