Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपाली आकाशमा भारतीय गस्ती

न्युजडेस्क न्युजडेस्क
२१ भाद्र २०७७, आईतवार
नेपाली आकाशमा भारतीय गस्ती
11
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो ।
लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन् ।
केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चार/पाँच पटक उडान भर्ने गरेका छन् । ‘करिब एक साता हुँदै छ, भारतीय जेट फाइटर र ठूला हेलिकप्टर देखिँदै छन्,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भारतले यो क्षेत्रमा हवाई गस्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जेट विमान देखिन थालेका छन् । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको उनले बताए ।
बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए । ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्कीले भने, ‘अर्को भने छापरीपारि (भारत) को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’
सीमामा तैनाथ नेपाली सुरक्षा निकायले पनि लद्दाखमा तनाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भारतले आफ्नो क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाएको छ ।
के कति संख्यामा भन्ने नदेखिए पनि सुरक्षा तैनाथी बढाएको सुन्नमा आएको उनको भनाइ छ । दार्चुला सदरमुकाम पारि धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा भारतीय अर्द्धसैनिक बल एसएसबीले कडा निगरानी गरिरहेको छ । एसएसबीले सीमा क्षेत्रको गस्तीसमेत बढाएको छ । भारतले लिपुलेकसम्मको सडक सञ्चालनमा ल्याएदेखि सेनाको हवाई उडान घटाए पनि स्थलमार्गबाट धेरै गाडी दिनहुँ कालापानी क्षेत्रमा जाने गरेका छन् ।
पछिल्लो समय सशस्त्र प्रहरीको छाङरु पोस्टका सुरक्षाकर्मीले भदौ ८ देखि ११ सम्म टिंकर क्षेत्र र शनिबार कौवा क्षेत्रमा गस्ती गरेको थियो । सीमा क्षेत्रको अवस्था बुझ्न गस्ती र निगरानी बढाएको एसपी बमले बताए । ‘गस्ती पुगेको ठाउॅसम्म विदेशीको अस्वाभाविक गतिविधि भेटिएन,’ उनले भने, ‘सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसित समन्वय गरेर गतिविधि बढाइएको छ ।’
धूवाँको मुस्लो छाड्दै आफ्नो क्षेत्रमा लडाकु विमान तारन्तार उड्न थालेपछि स्थानीय ‘कतै भारत र चीनबीच युद्ध हुन लागेको त होइन’ भन्ने आशंकाले त्रसित छन् । युद्ध भइहाले त्यसको प्रत्यक्ष प्रभाव आफूहरूमा पर्ने भएकाले पनि भारतीय सैनिक गतिविधिका कारण उनीहरूमा चिन्ता बढेको छ ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२१ भाद्र २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२१ भाद्र २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२१ भाद्र २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२१ भाद्र २०७७, आईतवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२१ भाद्र २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२१ भाद्र २०७७, आईतवार
Next Post

मारुती सिमेन्ट उद्योग अगाडि प्रदर्शन, नसच्चिएसम्म आन्दोलन निरन्तर रहने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी