वीरगन्ज,२१ भदौ/
कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समय भएको निषेधाज्ञाका कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा प्रस्टोका बजारमा रक्तदान आज कार्यक्रम सम्पन्न भएको छ । नेकपा प्रसौनी गाउँपालिका वडा नम्बर ५ र ६ कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नेहरुमा उमेश कुशवाहा ,अभिमनु प्रसाद नेपाल ,अमिरी साह ,शुभनारायण साह,अनिल सहनी लगायतकाले गरेका छन । रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ले ब्लड ब्याग रक्तदातालाई दिएपछी रक्तदान कार्यक्रम शुरु भएको थियो ।
रक्तदान कार्यक्रम नेकपा नेताहरु रामपाल यादव, अमर यादव, उमेश कुशवाहा ,राम यादव, बृजकिशोर कुशवाहा, उमेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।