दलित हत्या बन्द गर भन्दै सप्तरीमा उर्लियो जनसागर

विभिन्न ठाउँमा दलितमाथि भएको हत्या, हिंसा र कुटपिटको बिरुद्ध सप्तरीमा दलितहरुले प्रदर्शन गरेका छन् । सप्तरीको विभिन्न गाउँबाट अाएको विरोध र्याली सुरुंगा नगरपालिकाको कडरबोना चौकीमा विरोध सभाको रुपमा परिणत भएको थियो । विरोध सभाको अध्यक्षता सप्तरीका संयुक्त दलित संघर्ष समितिका अध्यक्ष प्रथमलालले गरेका थिए ।

कार्यक्रममा दर्जनौं दलित अगुवाहरूले अाफ्नो विरोध मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि राजेश विद्रोहीले, देशमा निरन्तर दलितमाथि भइरहेको योजनाबद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरेका छन् भने निरन्जन राम, विजय राम, त्रिभुवन राम, शम्भु सदा, सुकदेव मण्डको हत्या लगायत विभिन्न ठाउँमा दलितमाथि भएको कुटपिटमा संलग्न दोषीहरुलाई प्रहरीले कानुनको दुरुपयोग गरी उन्मुक्ति दिएको प्रति अाक्रोस समेत व्यक्त गरेका छन् । कार्यक्रममा सयौंको संख्यामा दलितहरूको सहभागी थियो ।

सम्वन्धित समाचार :