ललितपुर सत्ता र जनताबीच संवाद तथा विश्वास टुटेपछि हुने अनर्थ बिहीबार ललितपुरको पुलचोकमा भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न ललितपुरको पुल्चोक पुगेका श्रद्धालुहरूलाई तितरबितर पार्न प्रहरीले पानीका फोहोरा र अश्रुग्याससमेत प्रहार गर्योे । उत्तेजित भिडले प्रहरीलाई ढुंगामुढा पनि गरेको थियो । काठमाडौं उपत्यकाका तीनवटै सहरमा निषेधाज्ञा जारी गरिएको छ ।

तर, मलमास नलाग्दै मछिन्द्रनाथको रथ बुङ्मती पुर्याउनु पर्ने मान्यताका कारण श्रद्धालुहरू निषेधाज्ञाकै बीच रथ तान्न अग्रसर भएका हुन् । कोभिड—१९ को संक्रमण नियन्त्रणका लागि भन्दै उपत्यकामा पटकपटक थप गर्दै यही भदौ २४ गतेसम्म निषेधाज्ञा लगाइएको छ । स्थानीय जनताको भावनाप्रति संवेदनहीन बनेको आरोप लागेको प्रशासनले रथ तान्न नदिन प्रहरी प्रयोग गरेर रोकेपछि सर्वसाधारसमेत आक्रोशित भएका छन् ।

सम्वन्धित समाचार :