Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आठ विघामा विषालु सर्प पाल्न ७२ करोड लगानी

न्युजडेस्क न्युजडेस्क
१८ भाद्र २०७७, बिहीबार
आठ विघामा विषालु सर्प पाल्न ७२ करोड लगानी
7
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ।

प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए ।

सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ ।

सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार सर्प पाल्नका लागि प्रतिकठ्ठा रु साढे ३ लाखका दरले टेण्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले बताए। असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनको भनाइ छ । उनका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ ।

शुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७० सालको संविधानसभाको चुनाव सर्लाहीबाट पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको थियो ।

नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा उक्त घटना बारे थाहा पाए । त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भयो । अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ । रासस



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१८ भाद्र २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१८ भाद्र २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१८ भाद्र २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१८ भाद्र २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१८ भाद्र २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१८ भाद्र २०७७, बिहीबार
Next Post

प्रदेश २ का ३६ स्थानीयतह,सिरहाको ७ पालिकासहितले अझै ल्याएनन् बजेट

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी