वीरगन्ज,१७ भदौ/

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परवानीपुर गाउँपालिका कमिटीको बिबाद छताछुल्ल भएको छ ।

गएको एक सातादेखि गाउँपालिकाको अगुवा नेताको अलग अलग गुटबन्दी र आन्तरिक भेलाले बिबाद छताछुल्ल भएको हो ।

रक्तदान कार्यक्रम गरेको आयोजक कमिटीले पार्टीको परवानीपुर गाउँपालिका कमिटीका अध्यक्ष लगायतका पदाधिकारीसंग छलफल नै नगरी रक्तदान कार्यक्रम आयोजना गरेपछि विवाद उत्कर्समा पुगेको पार्टीका कार्यकर्ताले बताएका छन ।

पार्टीका कार्यकर्ताका अनुसार केहि दिन देखि गाउँ कमिटी सचिवले आफनै तरिकाले आफै गुट बनाएर रक्तदान कार्यक्रम आयोजना गरेको बताएका छन ।

भने एकातिर गाउँपालिका कमिटीका अध्यक्ष अमर यादव सहितका पदाधिकारीले यो रक्तदान कार्यक्रम पार्टीको नभएको बताउन थालेको छ ।

नेकपा पार्टीको विधि बिधान विपरीत मनोमानी तरिकाले कार्यक्रम गरेको भन्दै धेरैले आपत्ति समेत जनाएका छन ।
भदौ १७ गते बुधबार चैनपुरमा बसेको परवानीपुर गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा बसेको बैठकमा सहभागी कार्यकर्ताहरुले पार्टीलाई विधि बिधान अनुसार संचालन गर्ने वडा र गाउँपालिका स्तरीय नेताहरुलाइ आग्रह गरेका थिए ।

साथै कुनैपनि कार्यक्रम संचालन वा आयोजना गर्दा पार्टीको सल्लाह अनुसार गर्ने आग्रह समेत गरेका थिए ।

बैठकमा सहभागी नेताहरुले पार्टीलाई एक ढिक्का बनाउन आग्रह गर्दै कुनै पनि नेता ब्यक्तिगत आफ्नो स्वार्थमा पार्टीलाई प्रयोग गर्ने खोजे त्यस्को बिरोध गर्ने आग्रह गरेका थिए ।

भने अर्को गुटले शुक्रबार भदौ १९ गतेको रक्तदान कार्यक्रममा भब्य सहभागीता जनाउनका लागि वडा वडामा भेला गर्ने थालेको छ ।

बिहिवार भदौ १८ गते गाउँपालिकाको बुनियादमा रक्तदानको आयोजना गरेको गुटले रक्तदान गर्नेलाई कार्यकर्तालाई अपिल गरेको छ ।

सम्वन्धित समाचार :