सिरहा ।सिरहाको बरियारपट्टीमा आफनै लगानीमा स्वाव परीक्षण गराएको छन। संक्रमणबाट हुने संभावित खतराबाट गाउँलाई जोगाउने उद्देश्यले बरियारपट्टी गाउँपालिकाले आफ्नै लगानीमा पीसीआर टेष्ट शुरु गरेका छन् । सिरहामा सम्भवतः आफ्नो लगानीमा आफ्ना गाउँपालिका क्षेत्रभित्रकाहरुलाई स्वाव परीक्षण गराउने पहिलो गाउँपालिका हो ।
पहिलो चरणमा गरेको स्वाव परीक्षणमा गाउँपालिकाका कर्मचारी, क्वारेन टाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेका सर्वसाधारण, बढी भीड हुने चियापसलका व्यापारी गरी ३०जनालाई स्वाव परीक्षण गरिएको गााउँपालिकाका स्ववास्थ्य संयोजक रामजुुलुुुम नुभयो । मागको आधारमा स्वाव परीक्षणको दायरा बढाउँदै जाने गाउँपालिकाले जनाएको छ ।
पछिल्लो केही समयदेखि पालिका क्षेत्रभित्रका गाउँहरुमा छिटफुट रुपमा कोरोना संक्रमित फेला पर्न थालिएपछि गाउँस्तरमा कोरोनाको स्थिति बुझ्नको लागि स्वाव परीक्षणको शुरुवात गरेको गाउँ पालिकाकाले जनाएको छ । संकलित स्वावलाई वी.पी.कोइराला विज्ञान प्रतिष्ठान धरानस्थित कोरोना जाँच ल्याबमा पठाइने जनाइएको छ ।
अहिलेसम्म सिरहामा कोरोना संक्रमणबाट ८जनाको मृत्यु भएको छ भने २४० जना कोरोना संक्रमितहरुको सिरहाका विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ ।