सिरहा ,१७ भदौ। सिरहाको आईसोलेशनमा रहने कोरोना संक्रमितहरुको खानामा सुधार हुनेभएको छ । भर्ना भएका संक्रमितहरु बाट बारम्बार गुनासो आएपछि जिल्ला विपद ब्यवस्थापन समिति सिरहा ले खानामा सुधार गर्ने निर्णय गरेको जानकारी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादवले दिएका छन। यादवको अनुसार कोरोना संक्रमितलाई अब देखि नास्ता २ पटक, खाना २ पटक सिल्भर पैकेटमा प्याकिङ गरि पठाईनेछ ।

पत्रकार यादवको अनुसार खानाको स्तर सुधार नहुँदा संक्रमितहरु हतोत्साहित देखिएका थिए । पौष्टिक खानाले रोग संग लडने प्रतिरोधात्मक क्षमता बढाउने भएकोले खानामा आवश्यक सुधार ल्याईएको उनको कथन रहेको छ ।

यस अघि खानाको स्तरलाई लिएर विभिन्न क्वारेन्टिन सेन्टर र आईसोलेशन सेन्टरहरुमा विभिन्न टिकाटिप्प्णी हुने गरेको थियो । कतिपय बिरामीहरुले खानाको फोटो खिचेर समाजिक संजालमा भाईरल समेत गरेका थिए । सिरहामा देखिएकोको सुधारले अन्य जिल्लामा पनि सकारात्मक प्रभाव पार्ने भन्दै पत्रकार यादवले दावी गरेका छन ।

सम्वन्धित समाचार :