यमुना खनाल
१५ भदौ, लहान । कोरोना भाईरस संक्रमण समुदायस्तरमा फैलिएपछि सिरहाको गोलबजार नगरपालिकाले एक घर एक पीसीआर परीक्षणको नीति लिएको छ ।
गोलबजार नगर कार्यपालिकाको नगरकार्यपाकिाको बैठकबाट कोरोना भाईरस सक्रमणको गम्बीर अबस्थालाई नियन्त्रण गर्न “एक घर एक पीसीआर परीक्षण ” अभियान नगरपालिकाले चलाउन लागेको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जानकारी दिनु भएको छ ।
साथै नगरपालिकाले ५० शैया भएको आइसोलेसन संभाब्यता अध्यायन गरी यथाशीघ्र संचालन गर्नेपनि नगरकार्यपालिकाको बैठकलेनिर्णय गरेको छ ।