सिरहाको गोलबजारमा स्थानीय मनकारि युवाहरुले आज ‘फुड बैंक’ संचालन गरेको छन् ।
विश्वभरि कोरोना भाइरस महामारीको रुपलिएपछि नेपाल सरकार लकडाउन लम्बिएकोका कारण मर्कामा परेका दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई लक्षित गरी फुड बैंक सन्चालन गरिएको बताउँछन् अभियन्ता मिकु साह ।
खान पुग्नेले खान नपुग्नेलाई सहयोग गरि यस बिपत्तिबाट मिलेर लडन युवा, व्यापारी, कर्मचारी, पेशाकर्मी र आमजनसमुदायसँग अनुरोध साथ तयारी भई रहेको साहले बताए ।
लामो समयको लकडाउनका कारण खाना नै नपाएर भोकले मर्नु परेको समाचारहरु विभिन्न मिडियाहरुमा आई रहदाँ गोलबजारमा यस्तो प्रयास सुरु गरिएको छ । यस कार्यमा साथ दिनेले सक्ने जती चामल, नुन, तेल, सोयाबिन, दाल र मुरही दिएर यस कार्यमा सहयोग गर्न सक्नु हुन्छ न भए मनले पनि युवाहरुलाई उत्साहित बनाउन सक्नु हुन्छ ।
प्रतिपरिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन , दाल ३ सय ग्राम ,एक पाउ दालमोट, ५ सय ग्राम भुजा , ५ सय ग्राम चुरा र १ पोका नुन निःशुल्क ५६ जना लाई वितरण गरेको छन् । सुरुमा स्थानीय युवाले आफ्नै खर्चमा खाद्यान्न खरिद गरी स्थानीय व्यपारिहरूको सहयोगमा वितरण गरको गोलबजार व्यपार संघका अध्यक्ष भरत अग्रवालले जानकारी गराएको छन् ।