Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहामा जनप्रतिनिधिहरुले जोखिम भत्ता फिर्ता गर्न थाले

Sima Post Sima Post
१६ भाद्र २०७७, मंगलवार
13
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter
बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतो

सिरहाका स्थानीय तहको जनप्रतिनिधिहरुले काेरोना महामारी रोकथाम नियन्त्रणमा खटिएको ‘जोखिम भत्ता’ धमाधम फिर्ता गर्न थालेका छन् । 

विभिन्न संचार माध्यममा काेरोना महामारी रोकथाम नियन्त्रणको नाममा सिराहा नगरपालिका , अर्नामा गाउँपालिका र बरियारपट्टी गाउँपालिकाका जनप्रतिनिधिले भत्ता लिएको समाचार प्रकाशन गरेको थियो । त्यसपछि सो क्षेत्रका जनप्रतिनिधिले भत्ता फिर्ता गर्न सुरु गरेका हुन् । 

अर्नामा गाउँपालिकाका जनप्रतिनिधिले जोखिम भत्ता फिर्ता गर्न कार्यपालिका बैठकबाट निर्णय गरेको छ । अर्नामा गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य गरी १३ जनालाई वितरण गरिएको ‘जोखिम भत्ता’ फिर्ता गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ठक्कु महतोले बताए । 

अर्नामा गाउँपालिकाको ८ भदौमा बसेको कार्यपालिका बैठकबाट जोखिम भत्ता फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष महतोले बताए । 

पाँच वडा रहेको अर्नामा गाउँपालिकाले अध्यक्ष ठक्कु महतोलाई ६५ हजार ६ सय ५०, उपाध्यक्ष सियावती मुखियालाई २४ हजार, वडाध्यक्षहरूलाई जनही १७ हजार र ६ जना कार्यपालिका सदस्यलाई जनही नाै हजारका दरले दुई लाख ६९ हजार जोखिम भत्ता पाएको प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बताए ।

सिराहा नगरपालिकाका ३२ मध्ये आठले फिर्ता गरे
सिराहा नगरपालिकाका ३२ जना जनप्रतिनिधिमध्ये नेपाली कांग्रेसतर्फका आठजना जनप्रतिनिधिले रकम बुझेको जोखिम भत्ता फिर्ता गरिसकेका छन् । 

सिराहा नगरपालिकाले ३२ जना जनप्रतिनिधिलाई जोखिम भत्ताको नाममा २७ लाख २२ हजार चार सय रुपैयाँ खर्चिएको छ ।  बरियारपट्टी गाउँपालिका २८ मध्ये एक जनाले फिर्ता गरे बरियारपट्टी गाउँपालिकाका २८ जना जनप्रतिनिधिमध्ये गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले रकम बुझेको जोखिम भत्ता फिर्ता गरिसकेका छन् । बरियारपट्टी गाउँपालिकाले २८ जना जनप्रतिनिधिलाई जोखिम भत्ताको नाममा ६ लाख ९७ हजार रुपैयाँ खर्चिएको छ ।

औरही गाउँपालिकाले फिर्ता गर्न चिट्ठी काट्यो
औरही गाउँपालिकाले ११ लाख ९६ हजार ६ सय रुपैयाँ जनप्रतिनिधिलाई जोखिम भत्ताको नाममा खर्चिएको छ । 
२९ जना जनप्रतिनिधिलाई औरही गाउँपालिकाले कोरोना महामारीमा खटिएको भन्दै जोखिम भत्ता वितरण गरेको हो । 
गाउँपालिकाले जोखिम भत्ता फिर्ता गर्न जनप्रतिनिधिलाई पत्र काटिसकेको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले जनप्रतिनिधिलाई वितरण गरिएको जोखिम भत्ता फिर्ता गर्न पत्र पठाइएको नयाँ पत्रिकालाई बताए ।

जिल्ला समन्वय समितिले स्थानीय तहलाई निर्देशन दियो 
जिल्ला समन्वय समिति सिराहाले जोखिम भत्ता फिर्ता गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । 

जिसस सिराहा सभापति रामचन्द्र ठाकुरले जनप्रतिनिधिले कोरोना नियन्त्रण रोकथामका नाममा बुझेका जोखिम भत्ता फिर्ता गर्न साउन ३२ मा पत्राचार गरिएको बताए । 

पत्रमा जाोखिम भत्ता ‘अवैधानिक तथा नियमसंगत’ नभएकाले फिर्ता गर्न निर्देशन दिएको छ ।

अख्तियारको छानबिन जारी 
सिराहा नगरपालिका र औरही गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रणमा गरिएको खर्चबारे अख्तियारले छानबिन गरिरहेको छ । 

सिराहा नगरपालिका र औरही गाउँपालिकाको कोरोना नियन्त्रण रोकथाममा गरिएको खर्चसम्बन्धी कागजातको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले अनुसन्धानका लागि लिएर गएको छ ।

कोरोना भाइरसको नाममा स्थानीय तहहरूमा भ्रष्टाचार मौलाएको अर्नामा  गाउँपालिकाका नेकपाका युवा नेता अरबिन्द यादवले बताए । 

सेवा गर्न निर्वाचित जनप्रतिनिधिहरू विभिन्न वहानामा सुविधा लिन तल्लीन भएको उनले बताए ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१६ भाद्र २०७७, मंगलवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१६ भाद्र २०७७, मंगलवार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१६ भाद्र २०७७, मंगलवार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१६ भाद्र २०७७, मंगलवार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१६ भाद्र २०७७, मंगलवार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१६ भाद्र २०७७, मंगलवार
Next Post

गोलबजारमा स्थानीय युवाहरुले सन्चालन गरे ‘फुड बैंक’

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

1 day अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी