शम्भु चौधरी ,सिरहा १६ भदौ – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १ बस्ने खेम लाल सहनीको मोटरसाईकल आठ महिना अगाडि वहाँकै पसलबाट चोरी भएको थियो।
धनगढीमाई नगरपालिका ११ छ्परारी बजारमा कोठाभाडा लिई ईलेकटोलनिक्स पसल गरेर बस्दै आएका खेम लाल सहनीको अम्हा कम्पनीको स. ६ प ६८१२ नम्बरको १२५ सिसि को साईलुटो मोटरसाईकल पसलको बरण्डाबाट २०७६ फल्गुण ११ गते करिब १२ बजे राती चोरी भएको थियो ।
मोटरसाईकल चोरी भए लगत्तै ईलाका प्रहरी कार्यालय धनगढीलाई फोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । फोन लगत्तै प्रहरीले घटना स्थल पुगेका थिए। चोरी भएको भोलिपल्ट सोही प्रहरी कार्यालयमा पीडित सहनीले मोटरसाईकल हराएको लिखित निवेदन दर्ता गरएका थिए ।
ईलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीलाई २०७६।१२।०५ गते विषय जानकारी गराएको शिर्षकमा प्रहरी नायब निरीक्षक प्रहरी अधिकृत उमाशंकर सिंहले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ०७६र०७७ भएको पत्र ईलाका प्रहरी कार्यालय लहानलाई बुझाउदा लहान प्रहरीले कन्चनपुर प्रहरीलाई सञ्चार गरेका हुन। चोरले चडेर आएको मोटरसाईकल बजाज कम्पनीको स.६ प२६२८ नम्बरको १२५ सिसि को डिस्कोभर मोटरसाईकल सोहि ठाउँमा छाडि सहनीको नयाँ मोटरसाईकल लिए भागेका हुन् । भागेको २८ दिन पछाडि कन्चनपुर प्रहरीले चेक जाँचको क्रममा मोटसाईकल सहित चोर प्रहरीले पक्राउ गरेका थिए । मोटरसाईकल र चोर कन्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन। मोटरसाईकल चोर्ने ब्यक्ती सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका वडा नम्बर १२ बस्ने जमिल मलंगको छोरा २४ वर्षिय मोहम्मद सल्ला उदिन र उनको आफनै सोहोदर दाजु २७ वर्षिय मोहम्मद रसुदिन भन्ने नसुदिन अली रहेको हो । चोरलाई एक हप्ता थुनुवामा राखी जमान्त र धरौटीमा छाडेको पीडित सहनीले आरोप लगाएका छन । मोटरसाईकल लिनलाई पटक पटक ईलाका प्रहरी कार्यालय कन्चन्पुरमा गुहारे पनि प्रहरीले दिन न मानेको सहनीको प्रहरीमाथी आरोप रहेका छन्। कन्चनपुर प्रहरीको भनाई एक चोटि गाडी धनि गाडी लिन आएको थियो तर मैले वहाँलाई मोटरसाईकल हराउदा प्रहरी कार्यालयमा हालेको मुद्दा उठाई हाल्नु अनि गाडी लिएर जानु भने गाडी धनी सहनीलाई भनेको थिए ।
यता पत्रकार महेश सिंहले प्रहरी कार्यालय कन्चनपुरमा मुद्दा साखामा काम गर्ने प्रहरीसंग फोन सम्पर्कमा कुराकानी गर्दा उनले भने गाडीको कागज पत्र सबै लिए पठाई दिनु हामीले माथिल्लो निकाय संग कुरा गर्दैछु बताए ।
गाडी धनी सहनीका अनुसार यस कार्यमा लक डाउनले पनि असर पारेको बताए ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy